माघ १२मा बिर्तामोड आउँदै बिपुल

झापा,
पौष २७ ।

गायक बिपुल क्षेत्री आगामी माघ १२ गते शनिबारका दिन बिर्तामोड आउने भएका छन् । सिन्डिकेट, जुनकिरी, असार, देउराली डाँडा जस्ता गीत गाएर दर्शक/स्रोताको मनमस्तिष्कमा बस्न सफल गायक क्षेत्री आफनो ब्याण्ड सहित बिर्तामोड आउन लागेको हुन् ।

आयोजकतर्फ पूर्वाञ्चल रक्सले बुधबार बिर्तामोडमा पत्रकार सम्मेलन आयोजना गरी पहिलो चरणको तयारी पूरा भएको बताएको छ ।

अहिलेको साङ्गीतिक बजारमा एउटा छुट्टै छाप छोड्न सफल बिपुल क्षेत्रीको कन्र्सटमा हजारौको सङ्ख्यामा दर्शकको अपेक्षा राखेको इभेन्ट कोअर्डिनेटर रोहन लिम्बुले बताए ।

बिर्तामोडको टावर टेम्पलमा ५ बजे पछाडि सुरु हुने यस बृहत कन्र्सटको स्टेज, साउण्डलगायत विभिन्न पाटोमा अत्याधुनिक प्रविधि प्रयोग गरिने भएकाले अन्य कन्र्सटभन्दा फरक ढाँचाको हुने आयोजकतर्फ कार्यक्रमका सहसंयोजक रवि श्रेष्ठले जानकारी दिए ।

विपुल क्षेत्रीले लोक लय अनि अन्य लयमा पनि गीत गाउँदै सबै उमेरसमूहका दर्शकलाई आकर्षित गरेकाले उनको लोकप्रियता अहिले झन् बढ्दै गएको छ ।

सशक्त कलाकार र पछिल्लो समय सर्वाधिक लोकप्रिय भएकाले विपुल श्रेत्रीले बिर्तामोडको माहोल तताउने सम्भावना प्रवल रहेको मिडिया कोअर्डिनेटर दिपेन भेट्वालले जानकारी गराए ।

यसमा तपाइको मत

अन्य समाचार