समिक्षाको ‘वनमा काफल पाक्यो’ (भिडियोसहित)

काठमाडौं,
पौष २७ ।

समिक्षा अधिकारीको स्वरमा रहेको दोस्रो गीत ‘वनमा काफल पाक्यो’ सार्वजनिक भएको छ । चलचित्र ‘नाई नभन्नु ल ५’ को ‘बालापनको उमेर’ बोलको गीत गाएपछि समिक्षा चर्चामा आएकी हुन् । उक्त चलचित्रमा समिक्षालाई सङ्गीतकार बसन्त सापकोटाले गीत गाउने अवसर दिएका थिए ।

दोस्रो गीत ‘वनमा काफल पाक्यो’मा बसन्त सापकोटाले नै सङ्गीत भरेका छन् । गीतका शब्द गीतकार दिनेश थपलियाले लेखेका छन् ।

गीतको भिडियोलाई गायक सरोज ओलीले निर्देशन गरेका छन् । गीतले रोजगारीको शिलशिलामा विदेश बस्ने बुवा र स्वदेशमा बस्ने सन्तानहरुको कथालाई मार्मिक ढङ्गले प्रस्तुत गरेको छ ।

सरोज ओलीको निर्देशन रहेको गीतको भिडियोमा समिक्षा अधिकारी र बसन्त सापकोटाले अभिनय गरेका छन् भने सम्पादन अर्जुन पोखरेलको रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार