कला कर्ममा ब्यस्त इन्द्र दोङ लामा ‘खम्बे’

काठमाडौं,
पौष २७ ।

बिगत डेढ दशक देखि कलाकारिता क्षेत्रमा लागेर आम नेपाली दर्शकहरुको मन जित्दै आफ्नो छुट्टै पहिचान बनाउन सफल व्यक्ति हुन् कलाकार इन्द्र दोङ लामा ‘खम्बे’ ।

काठमाडौँ तारकेश्वर नगरपालिका चौगाउँका स्थायी बासिन्दा खम्बे सानै देखि कलाकारितामा रुचि राख्दै आएका थिए । सडक नाटक हुदै आफ्नो कलाकारिता सुरु गरेका उनले सुरुवाती दिनहरुमा नै नेपालका चर्चित तथा बरिष्ट हास्य कलाकार मदन कृष्ण श्रेष्ठ तथा हरिबंश आचार्यसँग सहकार्य गर्दै विभिन्न टेलिचलचित्रहरुमा अभिनय गर्ने मौका पाए । मह चौतारी, विभिन्न सडक नाटक, प्रहरी अनुरोध, गाइजात्रा तथा मेला महोत्सब बाट कलाकारितालाई निरन्तरता दिदै आएका उनले पछिल्ला दिनहरुमा एक पछि अर्को चर्चित हास्य टेलिचलचित्रहरु निर्माण गर्दै आएका छन् ।

कान्तिपुर टेलिभिजन बाट प्रशारण हुने चर्चित हास्य ब्यङ्ग टेलिचलचित्र हर्के हल्दारका निर्माता निर्देशक तथा चर्चित पात्र समेत रहेका उनले टेली चलचित्र मार्फत नेपाली जन समुदाय माझ सदभाब, एकता तथा भाइचाराको सन्देश समेत फैलाउदै आएका छन् । उनले हर्के हल्दारसँगै अर्को हास्य टेलिचलचित्र नेपाल टेलिभिजन बाट प्रसारण हुने ‘झट्का’को समेत निर्माण तथा निर्देशन गर्दैछन भने रमाइलो टेलिभिजन बाट प्रशारण हुने माइकल ज्याक्सन समेत निर्माण गर्दै आएका छन् ।

काठमाडौँको धर्मस्थलीमा आफ्नै सुटिङ स्टुडियो निर्माण गरेर विभिन्न म्युजिक भिडियो, टेलीचलचित्र, वृतचित्रहरु निर्माण गर्दै आएका इन्द्र दोङ्ग लामा खम्बेले चाडैनै नेपाली चलचित्र समेत निर्माण गर्ने भएका छन् । यो चलचित्रलाई शिब शर्माले निर्देशन गर्दै छन् । सङ्गीतमा समेत रुचि राख्ने खम्बेले आधा दर्जन गीतहरु बजारमा लिएर आईसकेका छन् भने चाडैनै नयाँ तामाङसेलो गीतको म्युजिक भिडियो समेत ल्याउन लागेको बताए ।

यसमा तपाइको मत

अन्य समाचार