सिनेमाघरमा चौकादाउसँगै भिलेन

काठमाडौं,
पौष २७ ।

शुक्रबार प्रदर्शन अन्तर्गत देशभरका सिनेमाघरमा दुई चलचित्र प्रदर्शनमा आएका छन् । आजदेखि प्रदर्शनमा आएका चलचित्र हुन् चौका दाउ र भिलेन । पुणेन्द्रु झा निर्देशित चलचित्र ‘चौका दाउ’ र देवेन्द्र पाण्डेको ‘भिलेन’ले एकसाथ प्रदर्शन आरम्भ गरेका छन् ।

सामाजिक कथामा आधारित हास्यप्रधान चलचित्र ‘चौक दाउ’ मुलुक सात दर्जन भन्दा बढी सिनेमा घरमा प्रदर्शन भएको निर्माण पक्षले जनाएको छ । यसका परिकल्पनाकार एवम् कथाकार शम्भुजीत बासकोटाका अनुसार चलचित्रले राम्रो चर्चा पाएकाले मुख्यहलहरु पाएको हो ।

‘माघे सक्रान्तीको अबसर पारेर हामीले चौका दाउ रिलिज गरेका हौं । यो चलचित्रले दर्शकलाई दुई घन्टासम्म पुरा हँसाउने छ ।’ चलचित्रका सङ्गीतकार शम्भुजीत बासकोटाले भने ।

सौर्यजीत बासकोटा र मनोज राजभण्डारीले निर्माण गरेको यो चलचित्रलाई चलचित्रलाई काठमाडौंमा केबी फिल्मस् र मोफसलमा एफडीले वितरण गर्दैछ । चलचित्रलाई काठमाडौंमा पनि राम्रो शो दिईएको वितरक गोपाल कायस्थले बताएका छन् ।

निर्देशक पुर्णेन्दु झाका अनुसार यो चलचित्रमा चार चौकाको रुपमा सन्तोष पन्त, रविन्द्र झा, विल्सन विक्रम राई, तैयव शाह छन् । पाँचौ चौकाको रुपमा अजश्र ढुँगानालाई देख्न पाईन्छ । चलचित्रकी एक मात्र ‘मिस्सी’को रुपमा वर्षा राउत प्रस्तुत भएकी छिन् । अन्य कलाकारमा निर्मल शर्मा, श्याम राई, रमेश अधिकारी, शिबशँकर रिजाललगायत छन् ।

पौढदेखि तन्नेरी पुस्तासम्मका पुरुषहरुको युवती प्रतिको आकर्षण र त्यस्ले निम्त्याउने परिणाममा यो फिल्म केन्द्रित रहेको छ । चलचित्रलाई परिवारमा बसेर हेर्न सकिने निर्देशक झाको भनाई छ । यो पूर्णतया सामाजिक कथामा आधारित सिनेमा भएको पनि उनले जानकारी गराए ।

चौका दाउमा वसन्त श्रेष्ठको नृत्य र भिमफेदी गाईजको नृत्य निर्देशन, दीर्घ गुरुङको छायांकन, मित्रदेव गुरुङको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, सुवास काफ्लेको निर्माण ब्यबस्थापन रहेको छ । यो चलचित्रको दुई गीत ‘राधा पियारी…’ र ‘मेरो माया कतारमा…’ चर्चामा छ ।

यस्तै आजदेखि सिनेमाघरमा आएको चलचित्र भिलेनमा एक्सन स्टार निखिल उप्रेतीको लिड रोल रहेको छ । चलचित्रमा शिल्पा पोखरेल, कपिल खत्री, निशा अधिकारीलगायतका कलाकारहरुको पनि अभिनय छ । कपिल स्वयंले चलचित्र निर्माण गरेका हुन् । चलचित्रमा तराई र पहाडको प्रेमको द्वन्द्वत्मक कथालाई देखाइएको छ ।

गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘पिंजडा ब्याक अगेन’ पछि पर्दामा नदेखिएका निखिलका फ्यानका लागि यो चलचित्र लामो समयदेखि प्रतिक्षामा थियो । उनको एक्सनको भोका फ्यानलाई ‘भिलेन’ले केही हदसम्म भए पनि सन्तुष्टि दिने विश्वास निर्माण टिमको छ । यो चलचित्रले ‘सिंगल स्कृन’ राम्रो हात पारेको छ ।

यसमा तपाइको मत

अन्य समाचार