प्रियँका म्युजिकल्लीबाट गरुड पुराणकी नायिका

काठमाडौं,
पौष २७ ।

चार माघदेखि देशभरका सिनेमाघरमा आउँन लागेको चलचित्र ‘गरुड पुराण’की नवोदित अभिनेत्री हुन प्रियँका सिंह । उनले यही चलचित्रबाट नेपाली चलचित्रमा डेब्यु गर्दैछिन् । काठमाडौं, नयाँ बानेश्वरकी प्रियँकालाई उनले अभिनय बफिन्स ९८ को म्युजिक भिडियो अन्जानैमा…हेरेर निर्देशक सुवास कोईरालाले गरुड पुराणमा डेब्यु गराएका हुन् ।

त्यसो त उनी त्यतीबेला टिक टक (म्युजिकल्ली)मा निकै हिट थिईन् । त्यतीबेला सैयौं टिक टक भिडियोमा उनको अभिनय निर्देशक कोईरालालाई मन परेको थियो । टिक टकको भिडियो र बफिन्सको गौरव पहारीसँग उनले गरेको अभिनय हरेर चलचित्र गरुड पुराणमा चयन गरिएको हो ।

प्रियँकाका भनाईमा टिक टकमा अभिनय गरेको जस्तो सजिलो चलचित्रमा नहँुदो रहेछ,‘टिक टक त एक्लै बसेर बनाउँदा अभिनय गर्न सजिलो हुन्थ्यो । तर चलचित्रमा क्यामेरासँगै लाईट र विभिन्न कलाकारसँग समुहमा काम गर्दा निकै गाह्रो पर्दोरहेछ ।’ उनले अनुभव सुनाईन् ।

चलचित्र गरुड पुराणमा उनीलाई सबै जसोले मन पराउँछन् । मुख्यतय चलचित्रका अभिनेता कर्मा, प्रविण खतिवडा र कामेश्वर चौरसियाले मन पाउँछन् । पहिलो चलचित्रमै आफुले तीन ओटा नायकको प्रेमिका भएर काम गर्न पाएकोमा धेरै रमाईलो महसुस भएको पनि उनले बताईन् ।

पहिलो चलचित्रबाट निकै आशाबादी प्रियँकालाई सबै नाटकका होनहार कलाकारसँग सुरुमा काम गर्दा गाह्रो हुन्छ होला जस्तो लागेको थियो तर उनीहरुसँग करिब डेढ महिना अभिनय कार्यशालामा बसेपछि यो चलचित्रमा अभिनय गर्न सहज भयो । आफुलाई कर्मा, नाजिर, प्रविणसबैले अभिनय कार्यशालाको क्रममा धेरैकुरा सिकाएकाले पनि गरुड पुराणमा उहाँहरुसँग काम गर्न सजिलो भएको उनले बताईन् ।

म्यानेजमेन्टमा स्नातक गर्दै गरेकी प्रियँका अहिले पूण रुपमा सिनेमामै आबद्ध छिन् । उनलाई यो बीचमा केही चलचित्रबाट प्रस्ताव आएको पनि थियो । तर पहिला गरुड पुराणको रिजल्ट हेर्ने र त्यसपछि अरु चलचित्रमा काम गर्ने निर्णय लिने बताईन् । गरुड पुरणपछि उनी चलचित्र बृत्तमै अघि बढ्ने योजना सुनाउँछिन् ।

यसमा तपाइको मत

अन्य समाचार