रेडियो अडियोले क्यानडा पछि छक्का पञ्जा ३लाई म्यान्मारमा प्रदर्शन गर्दै

काठमाडौं,
पौष २६ ।

हाँस्यव्यङग्य रेडियो प्रशारण संस्था रेडियो अडियोले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन सुरु गरेको छ । मार्चको पहिलो साताबाट क्यानडाका टोरन्टो, कैलगरी, एडमन्टन लगायतका शहरहरुमा चलचित्र लाग्ने पक्का भइसकेको छ । रेडियो अडियोका निर्देशक अमित चन्द्र अधिकारीका अनुसार यसको सुरुवात नेपाल तथा विभिन्न देशहरुमा व्यापारिक हिसावले सर्वाधिक सफल मानिएको चलचित्र छक्का पञ्जा ३ बाट गर्न लागिएको हो । रेडियो अडियोले चलचित्र छक्का पञ्जा ३ को क्यानडा प्रदर्शनको जिम्मा लिइसकेको छ ।

क्यानडामा नेपाली चलचित्रको राम्रो बजार भएका कारण पनि सिनेमा प्रदर्शन गर्न लागिएको निर्देशक अधिकारीले बताए । निर्देशक अधिकारीले भने ‘अधकांश सिनेमा धेरै दर्शक भएको ठाउँमा पुग्छन् हामीले धेरै दर्शक भन्दा पनि नेपाली सिनेमालाई माया गर्ने दर्शक खोज्दै जाँदा क्यानडालाई रोजेका हौ ।’

अन्य केही शहरहरुमा पनि चलचित्र प्रदर्शनका लागी कुरा भइरहेको निर्देशक अधिकारीले बताए । क्यानडा को क्यालगरी मा रहेको चर्चित रेडियो रेड एपm एम का साथै बिभिन्न नेपाली समुदाय र नेपालीका लागि काम गर्दै आएका संघ संस्था संँगको सहकार्यमा सिनेमाको प्रदर्शन गर्ने रेडियो अडियोको तयारी छ । रेडियो अडियोले सिनेमा प्रदर्शन पछि आउने आम्दानी आफ्ना लागी मात्र नभएर स्थानिय संघ संस्थाका लागि कोष बृद्धिमा सहयोग पुर्याउने योजना बनाएको छ ।

हामीले चलचित्र छक्का पञ्जा ३ बाट अन्तर्राष्ट्रिय बजारमा हात हालेका छौ, यसलाई व्यवसायिक बनाएर अघि बढ्ने हाम्रो योजना छ । निर्देशक अधिकारीको भनाई थियो । घरेलु बजारमा व्यवसायिक रुपमा सफल भएका चलचित्रहरुलाई अन्तर्राष्ट्रिय प्रदर्शनको जिम्मा लिएर काम गर्ने रेडियो अडियोको तयारी छ ।

‘एउटा नेपाली सिनेमा बिदेशमा प्रदर्शन हुँदा हाम्रो भाषा पुग्छ , नेपाली समाज र संस्कृतिको अन्तर्राष्ट्रिय करण हुन्छ । गीत सङ्गीतले नयाँ बजार पाउँछ । यी सबै कुरा ख्याल गरेर हामीले यसको सुरुवात गरेका हौ,’ निर्देशक अधिकारीको भनाइ थियो । रेडियो अडियोले क्यानडा पछि छक्का पञ्जा ३ लाई म्यान्मारमा पनि प्रदर्शन गर्ने तयारी गरिरहेको बताइएको छ । चलचित्र छक्का पञ्जा ३ पश्चात भरखरै छायाँकन सम्पन्न भएको चलचित्र दाल भात तरकारीलगायत का अन्य केही नेपाली चलचित्रसँग पनि कुरा भइरहेको बताइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार