नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल

काठमाडौं,
पौष २५ ।

सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद् बैठकले पौडेललाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काको बर्खास्तगीपछि निमित्तको भरमा चलेको निगमलाई नेतृत्व दिन वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धा गराएको थियो । जसका लागि १२ जनाले आवेदन दिएका थिए ।

१२ जनाबाट ५ जनाको नाम सर्टलिस्टमा राखेको आपूर्ति मन्त्रालयले अनिलकुमार झा, तारानाथ पौडेल र सुरेन्द्र पौडेलको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । मन्त्रिपरिषद्ले पौडेललाई कार्यकारी निर्देशकमा चयन गरेको हो । पौडेल उदयपुर सिमेन्टका महाप्रबन्धक हुन् ।

यसमा तपाइको मत

अन्य समाचार