पुनः चुडामणि देवकोटाको नेतृत्वमा गीतकार सङ्घ

काठमाडौं,
पौष २२ ।

गीतकार सङ्घ नेपालमा पुनः चुडामणि देवकोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । संघको आठौं साधारणसभा र चौथो अधिवेशनबाट देवकोटाको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति आएको हो ।

नयाँ कार्यसमितिमा केही पुराना कार्यसमितिका सदस्यहरु नै रहे भने केही फेरबदल भएर नयाँ कार्यसमिति चयन भएका छन् । अघिल्लो कार्यकालमा महासचिव रहेका शुभ मुकारुङ उपाध्यक्ष पदमा निर्वाचित भए भने सचिव रहेका वसन्त वित्यासी थापा महासचिवमा निर्वाचित भएका छन् ।

त्यस्तै कोषाध्यक्षको कार्यभार सम्हाल्दै आएकी सुशिला पौडेल सचिव पदमा निर्वाचित भइन् भने सदस्यको कार्यभार सम्हाल्दै आएका अमृतलाल देवकोटा सुनार कोषाध्यक्षमा निर्वाचित भएका छन् ।

यसैगरी सदस्यमा अघिल्लो कार्यसमितिबाट चन्द्रा चामलिङ, बालक गुरुङ निर्वाचित भए भने रमेश कोइराला, वसन्त थाम्सुहाङ, सुवास संगम राई र जेबी घले नयाँ अनुहारसहित कार्यसमितिमा आएका छन् । कार्यक्रममा नेपाल प्रज्ञा भवनको सभाहलमा वरिष्ठ गीतकार किरण खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार