‘कवि देवकोटा….’ भन्दै विश्व (भिडियोसहित)

काठमाडौं,
पौष २१ ।

गायक विश्व नेपाल ‘कवि देवकोटा….’ भन्दै दर्शक तथा स्रोतामाझ आएका छन् । ‘मीठो साह्रै मीठो…’ गीतको सफलतापछि गायक विश्व नेपाली तथा द नेक्स्ट ग्रुप पुनः एकपटक नयाँ गीतको भिडियो लिएर आएका हुन् ।

‘कवि देवकोटा….’ शीर्षकको उक्त गीतमा गायक नेपालीलाई गायिका सुजाता उपाध्यायले साथ दिएकी छिन् । गीतकार एक नारायण भण्डारीद्वारा रचना गरिएको उक्त गीतमा आशिष अविरलको सङ्गीत निर्देशन छ । अविरलले नै यो गीतलाई सङ्गीत संयोजन गरेका हुन् ।

अष्टे«लियामा छायांकन गरिएको उक्त गीतको भिडियोलाई प्रदीप लामाले निर्देशन गरेका हुन् । भिडियोमा द नेक्स्टका कलाकारका साथै गायक नेपालीले पनि अभिनय गरेका छन् ।

भिडियोमा प्रदीप लामा तथा सुजना पौडेलको कोरियोग्राफी छ । बिजया बानियाँ तथा योगेश कार्कीले भिडियोमा सहायक कोरियोग्राफी गरेका छन् । सिरुजल इभर तथा ल्याक्स तामाङद्वारा छायांकन गरिएको भिडियोमा सिरुजल इभरको सम्पादन, भिएफएक्स तथा कलर करेक्सन छ ।

यसमा तपाइको मत

अन्य समाचार