रेशम चौधरीलाई सपथ पछि पुनः कारागार

काठमाडौं,
पौष १९ ।

कैलाली क्षेत्र नम्बर एकबाट निर्वाचित राजपा सांसद रेशम चौधरीले आज सपथ ग्रहण गरेका गरेका छन् । उनलाई आज प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।

उनले थारु भाषामा सपथ ग्रहण गरेका हुन् । सपथ ग्रहण कार्यक्रममा पूर्व सभामुख तथा सत्तारुढ दलका सांसद सुवासचन्द्र नेम्वाङसहित राजपाका सबै नेताहरु सहभागी भएका थिए ।

सपथ ग्रहण कार्यक्रमपछि चौधरीलाई पुनः डिल्लीबजार कारागारमा लगिएको छ। चौधरीलाई लिनका लागि उनको श्रीमती र छोरा पनि सिंहदरबार आएका थिए ।

टीकापुरमा भएको हिंसात्मक झडपमा एक बालक र एसएसपीसहित सात सुरक्षाकर्मीको हत्या भएपछि फरार रहेका चौधरीले फागुन १४ गते २०७४ मा आत्मसमपर्ण गरेका थिए । चौधरीलाई टीकापुर घटनाका मुख्य योजनाकार ठहर गरिएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार