दिवस र लिलाको ‘बुढी हराई…’ (भिडियोसहित)

काठमाडौं,
पौष १८ ।

दिवस गौत्तम र लिला सुवेदीको स्वरमा रहेको गीत ‘बुढी हराई…’ सार्वजनिक भएको छ । जेशिका इन्टरटेन्मेन्टको प्रा.लि.को बार्षिउत्सवका अवसरमा गीतको भिडियो सार्वजनिक गरिएको हो ।

दिवसकै शब्द तथा लय सिर्जनामा रहेको गीतमा परदेश गएका युवाको कथालाई समेटिएको छ । मिन प्रकाश ओलीको निर्देशन रहेको गीतको भिडियोमा गौतम, संगीता र मधु भट्टको अभिनय रहेको छ । जनक अधिकारीको छायाँकन रहेको गीतमा केबी भण्डारीको एरेन्ज र सुवास कुथुमी राईको रेकर्डिङ छ ।

यसमा तपाइको मत

अन्य समाचार