मनाइयो टोपी दिवस

काठमाडौं,
पौष १७ ।

आज टोपी दिवस मनाइएको छ । दिवसका अवसरमा आज विभिन्न संघ संस्थाले प्रभातफेरी निकालेका छन् । राष्ट्रिय पहिचानको रुपमा रहेको नेपाली टोपीको संरक्षण र जगेर्ना गर्ने उदेश्यसहित अङ्ग्रेजी नयाँ बर्षको दिन टोपी दिबस मनाउन थालिएको हो । ‘नेपाली टोपी: हाम्रो गौरव हाम्रो पहिचान’ भन्ने नारासहित छैठौँ नेपाली टोपी दिवस मनाइएको छ ।

मङ्गलबार बिहान काठमाडौंको माइतिघर मण्डलाबाट निकालिएको र्याली बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । स्वतन्त्र राष्ट्रप्रेमी अभियान नेपाल, जागरुक युवा अभियान नेपाल, गुन्यूचोली राष्ट्रिय जागरण नेपाललगायतका संस्थाहरुले संयुक्त रुपमा टोपी दिवसको कार्यक्रम आयोजना गरेका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार