मोडलिङमा भविष्य खोज्दै निशा

काठमाडौं,
पौष १६ ।

सानैदेखि मोडलिङ रुचाउने अनि त्यस्तै पोज दिन चाहने निशा श्रेष्ठ अहिले मोडलिङमा आफ्नो भविष्य खोज्दै छिन् । एक बिद्यालयमा अध्यापन समेत गराइरहेकी उनले मोडलिङमा निरन्तरता दिने सोच बनाएको बताउछिन ।

५ फिट ५ इच अग्ली निशा सुन्दर बनावट र सुन्दर मुहारकी धनी छन् । फेशन शो मार्फत मोडलिङमा प्रबेश गरेकी उनले हाल केही म्युजिक भिडियोमा पनि अभिनय गरिसकेकी छिन् ।

तनहुँ सिपाबगैचा स्थाई घर भए पनि काठमाडौं मै जन्म लिएकी निशालाई सुरुमै एक्स्पोज भएको मन पर्दैन । उनी भन्छिन ‘सुरुमा आफ्नो क्षमता प्रस्तुत गर्ने हो । जब मेरो काम रुचाउन थाल्छन, त्यस्पछी बिस्तारै ग्ल्यामर गर्दा पनि दर्शकले पचाउछन् ।’

कमलादी स्थित आर्टिस्ट नेपाल स्टुडियोजमा फोटोसुट गरेकी निशाको प्रस्तुत फोटो फोटोग्राफर कुबेर तामाङले खिचेका हुन भने मेकअप शरिता थापा मगर तथा गौरी रुम्बा श्रेष्ठले गरेका हुन ।

यसमा तपाइको मत

अन्य समाचार