स्वर्गीय राजा वीरेन्द्र शाहको ७४औं जन्मजयन्ती अवसरमा शाही युवा शक्ति नेपालको बृहत मोटरसाइकल र्याली

काठमाडौं,
पौष १५ ।

स्वर्गीय राजा वीरेन्द्र शाहको ७४औं जन्मजयन्ती अवसरमा शाही युवा शक्ति नेपालले राजधानीमा बृहत मोटरसाइकल र्याली निकालेको छ । ललितपुरको लगनखेलबाट सुरु भएको मोटरसाइकल र्याली जाउलाखेलमा रहेको बिरेन्द्रको शालीकमा पुगेर कोण सभामा परिणत भएको थियो । मोटरसाइकल र्यालीमा १ हजार भन्दा धेरै मोटरसाइकल सहित युवाहरु सहभागी भएका थिए ।

स्वर्गीय राजा वीरेन्द्र शाहको शालीकमा माल्र्यापण पछि भएको कोण सभालाई सम्बोधन गर्दै शाही युवा शक्ति नेपालका केन्द्रिय अध्यक्ष पशुपति खड्काले सम्बोधन गर्दै स्वर्गीय राजा वीरेन्द्र शाहका बारेमा बोलेका थिए । उनले अहिले पनि नेपालमा राजसंस्था अपरिहार्य रहेको बताए ।कार्यक्रममा बोल्ने सबै बक्ताहरुले गणतन्त्रको दिनगन्ती सुरु भइसकेको भन्दै सरकारको आलोचना गरेका थिए।

पारिवारिक जमघटको समयमा २०५८ जेठ १९ गते दरबारभित्र चलेको गोलीकाण्डबाट वीरेन्द्र शाहको निधन भएको थियो । सो क्रममा रानी ऐश्वर्य, छोराहरु युवराज दीपेन्द्र, अधिकारकुमार निराजन, छोरी श्रुतिलगायत आफन्तहरुको पनि निधन भएको थियो ।

दरबार हत्याकाण्ड आज सम्म रहश्यमै रहेको छ । २०१७ सालमा वीरेन्द्रले २०३६ सालमा जनमतसंग्रह गराएका थिए । उनले कांग्रेस वाम आन्दोलन चर्किएपछि २०४६ सालमा पञ्चायती व्यवस्था हटाई प्रजातन्त्र पुनः स्थापना गर्दै आफुलाई संबैधानिक राजाको रुपमा सिमिति राखेका थिए ।

यसमा तपाइको मत

अन्य समाचार