सिर्जनात्मक वसन्त

– मिलाप टिम
पूर्वी नेपालको तेह्रथुममा पिता नारायणमान श्रेष्ठ र माता सुभद्रा श्रेष्ठको कोखबाट वि.सं. २०१२ फागुन ४ गते वसन्त पञ्चमीका दिन म्याङ्लुङ बजारमा जन्मिएका वसन्त श्रेष्ठ विगत लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका छन् । देशबाहिर रहेर नेपाली भाषा, साहित्य, कला र संस्कृतिको उन्नयमा रहेका वसन्तले साहित्यका विविध पाटाहरुमा कलम चलाए पनि कवितामा उनको विशेष रुचि रहेको छ । ‘कविता मनको सुन्दर अभिव्यक्ति हो । कविको भावनाले जुन कुरालाई हृदयङ्गम गर्दछ, त्यसैमार्फत् कविताको जन्म हुन्छ’ भन्छन् उनी । कविताकै विषयमा उनी अगाडि भन्छन्– ‘कविताको क्षेत्र असीमित छ । आँसुको होस् या हाँसोको, सुखको होस् या दुःखको मनको भावना उद्गार नै कविता हो । कविता एउटा पूरा दर्शन पनि हो । जीवनका विविध पक्षलाई उजागार गरेर लेखिएको आफ्नो मनभित्रको उद्गार नै वास्तवमा जीवन्तकविता हो । सम्पूर्ण मानवको जीजिविषापट्टि लेखिएको कविताले नै जीवन्तता प्राप्त गर्दछ ।’ उनले भनेजस्तै समाजका विविध पाटाहरुमा, राष्ट्रियताका विषयमा, सामाजिक समसामयिक विषयमा आफ्ना सिर्जनाहरु पाठकमाझ पस्किँदै आएका श्रेष्ठका ‘वसन्त श्रेष्ठका कविता’, ‘भावनाका लहरहरु’ र उज्यालो खोज्ने आवाजहरु’ जस्ता कवितासङ्ग्रह पाठकसमक्ष प्रस्तुत भइसकेका छन् । उनका केही कृतिहरु प्रकाशनको पालो कुरेर बसेका छन् भने उनले छिट्टै नै पाठकमाझ ‘अर्को गोलाद्र्धको मान्छे’ कवितासङ्ग्रह ल्याउने तयारीमा छन् । जनकल्याणकारी सोच राखेर कलम चलाउने एक पृथक धारका स्रष्टा वसन्त साहित्य सिर्जनासँगसँगै यसको सङ्गठनात्मक पाटोमा पनि उत्तिकै सक्रिय रहेका छन् । आप्रवासनमा बसेर नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण, प्रवद्र्धन र विस्तारमा निरन्तर लागिपरेका अग्रणी स्रष्टा वसन्त अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्षसमेत रहेका छन् ।

व्यक्तिलाई समाजका घटना, प्रतिघटना तथा समाजका विभिन्न व्यक्तिका विभिन्न खाले क्रियाकलाप, व्यवहार, अनि कुराले प्रभाव पार्नु स्वाभाविक हो । समाजमा घटित घटना, प्रतिघटना, अग्रज र प्रतिष्ठित व्यक्तिको विचार एवम् क्रियाकलापले जोसुकै व्यक्तिलाई पनि प्रभावित र प्रेरित गर्न सक्दछ । यही प्रेरणा र प्रभावले प्रत्येक मान्छेले आफ्नो जीवनको स्पष्ट मार्गचित्र कोर्दै आफ्नो उद्देश्यसम्म पुग्न सफल हुन्छ । वस्तुतः वसन्त श्रेष्ठ पनि साहित्य सिर्जनाका क्रममा विभिन्न व्यक्तिहरुबाट प्रभाव र प्रेरणाले अघि बढे । घर, परिवार र साथी–सङ्गीहरु नै उनको प्रारम्भिक प्रेरणाका स्रोत थिए । सबैभन्दा ठूलो स्रोत आफ्ना बाबुलाई मान्छन् । ‘बुबाले कथा कविता लेख्नुहुन्थ्यो, मलाई सुरुमा त्यसको प्रभाव प¥यो,’ उनी भन्छन् । उनका बुबाले सिद्धवाहिनी हाईस्कुल स्थापना गरेर सामाजिक कार्यको जग बसालेको उनको बालमस्तिष्कमा गहिरो छाप परेको थियो ।

मान्छेले आफ्नो सोच, संस्कार, संस्कृति, मानसिकता उसको बस्ने वरिपरिबाट, उसको अफ्नै वरिपरिका वातावरणबाट टिप्दछ । उसको परिवार, उसको गाउँ, उसको समाज, उसलाई र उसको मानसिकतालाई तालिम र दीक्षा दिने शिक्षकहरु हुन् । यही सुरुको परिवेशले नै आज वरिष्ठ साहित्यकारको परिचय बनेको छ वसन्त श्रेष्ठको । पूर्वी नेपालका विभिन्न थुमहरुमध्ये तेह्रथुमको म्याङ्लुङमा जन्मिएका श्रेष्ठले आफ्नो जीवनलाई सार्थक तुल्याउन र समाजलाई चेतनाको विगुल फुक्न नै साहित्य सिर्जनामा लागेको देखिन्छ ।

कोशी अञ्चलको तेह्रथुम जिल्ला शिक्षा, राजनीति र साहित्य क्षेत्रमा अग्रणी रहेको छ । यही तेह्रथुममा पिता नारायणमान श्रेष्ठ र माता सुभद्रा श्रेष्ठको कोखबाट वि.सं. २०१२ फागुन ४ गते वसन्त पञ्चमीका दिन म्याङ्लुङ बजारमा जन्मिएका वसन्त श्रेष्ठ विगत लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका छन् । देशबाहिर रहेर पनि नेपाली भाषा, साहित्य, कला र संस्कृतिको उन्नयनमा रहेका वसन्तले साहित्यका विविध पाटाहरुमा कलम चलाए पनि कवितामा उनको विशेष रुचि रहेको छ । ‘कविता मनको सुन्दर अभिव्यक्ति हो । कविको भावनाले जुन कुरालाई हृदयङ्गम गर्दछ, त्यसैमार्फत् नै कविताको जन्म हुन्छ’ भन्छन् उनी । कविताकै विषयमा उनी अगाडि भन्छन्– ‘कविताको क्षेत्र असीमित छ । आँसुको होस् या हाँसोको, सुखको होस् या दुःखको मनको भावना उद्गार नै कविता हो । कविता एउटा पूरा दर्शन पनि हो । जीवनका विविध पक्षलाई उजागार गरेर लेखिएको आफ्नो मनभित्रको उद्गार नै वास्तवमा जीवन्तकविता हो । सम्पूर्ण मानवको जीजिविषापट्टि लेखिएको कविताले नै जीवन्तता प्राप्त गर्दछ ।’ उनले भनेजस्तै समाजका विविध पाटाहरुमा, राष्ट्रियताका विषयमा, सामाजिक समसामयिक विषयमा आफ्ना सिर्जनाहरु पाठकमाझ पस्किँदै आएका श्रेष्ठका ‘वसन्त श्रेष्ठका कविता’, ‘भावनाका लहरहरु’ र उज्यालो खोज्ने आवाजहरु’ जस्ता कवितासङ्ग्रह पाठकसमक्ष प्रस्तुत भइसकेका छन् । उनका केही कृतिहरु प्रकाशनको पालो कुरेर बसेका छन् भने उनले छिट्टै नै पाठकमाझ ‘अर्को गोलाद्र्धको मान्छे’ कवितासङ्ग्रह ल्याउने तयारीमा छन् । जनकल्याणकारी सोच राखेर कलम चलाउने एक पृथक धारका स्रष्टा वसन्त साहित्य सिर्जनासँगसँगै यसको सङ्गठनात्मक पाटोमा पनि उत्तिकै सक्रिय रहेका छन् । आप्रवासनमा बसेर नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण, प्रवद्र्धन र विस्तारमा निरन्तर लागिपरेका अग्रणी स्रष्टा वसन्त अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्षसमेत रहेका छन् ।

वसन्तले ११ वर्षको सानो उमेरमै २०२६सालमा ‘तीनजुरे’ हस्तलिखित पत्रिका सम्पादन गरेर भाषा सेवा र साहित्य सिर्जना जगत्मा आफूलाई प्रवेश गराएका थिए । प्रवेशिका परीक्षा पास गरेपछि काठमाडौं प्रवेश गरेका श्रेष्ठको रुचि कविता रचना र साहित्यिक पत्रिका प्रकाशनप्रति केन्द्रित रहेकै कारण उनको सम्पादनमा ‘पूर्वेली धुन’ (२०२९) साहित्यिक पत्रिका प्रकाशित भएको थियो । उनी नेपालमा रहँदा उनका थुप्रै कविता तथा लेख–रचनाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका छन् । समयक्रममा उनी अध्ययनका लागि अमेरिका छिरे, जहाँ नेपाली भाषा, साहित्य र संस्कृतिप्रतिको उनको अनुराग र आशक्ति अरु बढ्दै गयो । उनले अमेरिकाको न्यू ह्यामसाएर विश्वविद्यालयबाट अर्थशास्त्रमा एमएस् गरे । वृत्ति–विकासका लागि उनी अमेरिका नै बसे तर भाषा–साहित्यप्रतिको अनुरागमा कुनै कमी आएन । उनी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा आबद्ध भएर भाषा–साहित्य सेवामा समर्पित हुँदै क्रियाशील भए । सन् १९९८–२०००का लागि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको सभापति बने उनी । उनले अनेसासको प्रकाशन ‘अन्तर्दृष्टि’, एसोसिएशन अफ नेपालीज इन अमेरिकाको प्रकाशन ‘आवाज’ र ‘इन टच’ देखि लिएर अमेरिकाका नेपाली कवि र कविताको पनि सम्पादन गरेका छन् । अमेरिका नेपाली समाजका सम्पादक सदस्य छन् । उत्तर अमेरिकामा रहेका नेपालीहरुलाई गोलबन्द गर्दै नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्ना र प्रवद्र्धनका लागि उनले खेल्दै आएको रचनात्मक भूमिका नितान्त प्रशंसनीय मात्र नभई प्रेरणाप्रद पनि रहेको अमेरिका र नेपालमा रहेर सशक्त कलम चलाइरहेका साहित्यकार खेमनाथ दाहाल बताउँछन् ।

समाज, जीवन र पाठकको मनोदशालाई बुझेर लेखिएका कविताले कालजयी प्रभाव पार्ने निश्चित छ । यही बोधबाट कलम चलाइरहेका वसन्त यस्तै खाले राजमार्गमा हिँडिरहेका छन् । वसन्तले उपेक्षितहरुका पक्षमा आवाज उठाएका छन् । उनले प्रयोग गरेका प्रतीक र मिथकहरु अपरिचित दुनियाँबाट लिइएका छैनन् । नयाँ कविताको उद्भवमा, तल्लीनमा रहेका वसन्त सँगसँगै नवीन मान्यताको खोजीमा चिन्तनशील देखिन्छन् । मुक्तक, गीतमा पनि कलम चलाएका उनका गीत नेपाली चलचित्रमा पनि समावेश छन् । अन्तर्राष्ट्रिय स्तरको साहित्यिक पुरस्कारको तयारीमा रहेका उनी साहित्यकार राहत कोषको स्थापना गर्न पनि लागिपरेका छन् । स्रष्टाहरुलाई आत्मनिर्भर बनाउने उनको यो अभियानले धेरै स्रष्टाहरु पूर्णरुपमा साहित्य सिर्जनामा लाग्नेछन् ।

आजीवन सदस्य– नेपाल रेडक्रस सोसाइटी, जिल्ला सचिव– जिल्ला खेलकुद परिषद्, तेह्रथुम हुँदै अध्यक्ष– अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), महासचिव– नेपाली अमेरिकन परिषद् (एनएसी) सन् २००१, कार्यकारी निर्देशक– ग्रेटर बोस्टन नेपाली कम्युनिटी, कार्यकारी सदस्य– अखिल नेपाली अमेरिका सङ्घ (एएनए), सम्पादक सदस्य– अमेरिका नेपाली समाज (एएनए) सन् २००४ देखि हालसम्म र अध्यक्ष– नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाजस्ता सङ्घसंस्थामा रही सामाजिक र साहित्यिक गतिविधिमा सक्रिय वसन्त सङ्गठनात्मक कार्यमा पनि आफूलाई अग्रणी राख्दै आएका छन् । उनका यी कर्महरुलाई श्रीमती विद्यालक्ष्मी श्रेष्ठ, छोरा बबिन श्रेष्ठ र ब्रायन्ड श्रेष्ठले साथ–सहयोग पु¥याइरहेका छन् । ‘उनीहरुकै हौसला, साथ–सहयोगले नै म आफ्ना साहित्यिक कर्महरुलाई अघि बढाउन सफल भइरहेको छु,’ उनले भने ।

तेह्रथुमका पदमप्रसाद उप्रेती, पुण्यप्रसाद सुवेदी, डिल्ली सिटौला, सरोज वली, अनिरुद्र तिमसिना, ओजेन्द्र उषा, अभि सुवेदी, खगेन्द्रप्रसाद लुइटेल, मोहन सिटौला, अमृत बुढाथोकी, यज्ञराज प्रसाईं, वसन्त सिटौला, नीरकुमार तिमोर, अभागी थेगुवा, पुरुषोत्तम सुवेदी, विश्वविमोहन श्रेष्ठ, हेमन्त श्रेष्ठ, गोपालप्रसाद संग्रौला, डी.बी. चौहान, भीम घिमिरे, तुङ्ग थपलिया, खेमनाथ दाहाल, बिमला तुम्खेवा, जानुका जलन निङ्लेखु, कृष्ण बाउसेलगायत सशक्त साहित्यकारहरुको जमातमा अर्का सशक्त साहित्यकार हुन्– वसन्त श्रेष्ठ । वसन्तका सिर्जनाले तेह्रथुमको माटोदेखि देश–विदेशमा आफ्नो परिचय पस्किरहेका छन् । देश–विदेशका थुप्रै सङ्घसंस्थाबाट सम्मानित तथा पुरस्कृत उनी आगामी दिनमा आफ्ना सशक्त सिर्जनाले नेपाली साहित्यफाँटलाई अझ समृद्ध बनाउन सकून्, मिलापको उनीसँग यही अपेक्षा ।

यसमा तपाइको मत

अन्य समाचार