स्रष्टाहरुलाई नवीन कला सम्मान प्रदान

काठमाडौं,
मंसिर २१ ।

विगत ६२ वर्षदेखि नेपालीकला, साहित्य तथा संस्कृतिका क्षेत्रमा क्रियाशिल संस्था नवीन कला मन्दिरले चलचित्र पत्रकार तथा गीतकार शान्तिप्रिय, गीतकार रत्न शम्शेर थापा, गायिका ज्ञानु राणा एवम् अभिनेत्री शकुन्तला शर्मालाई सम्मान गरेको छ । आज काठमाडौंमा आयोजित नवीन कला सम्मान एवम् सांस्कृतिक कार्यक्रमकाबीच स्रष्टाहरुलाई नवीन कला सम्मान गरिएको हो ।

वि.सं. २०१३ सालमा स्थापना भएको नवीन कला मन्दिरले आफ्नो ६२ औं वार्षिकोत्सवका अवसरमा सम्मान प्रदान गरेको थियो । ‘सांस्कृतिक जागरण हाम्रो अभियान’ मूल नाराका साथ अघि बढेको नवीन कला मन्दिरले गरेको यस सम्मान कार्यक्रमका प्रमुख अतिथी काठमाडौं महानगरपालीकाका मेयर विद्या सुन्दर शाक्य थिए ।

कार्यक्रमका अध्यक्षका रुपमा संस्थाका अध्यक्ष निर्मल रिमाल थिए भने कार्यक्रमको सञ्चालन गायक/सङ्गीतकार नरहरी प्रेमीले गरेका थिए ।

यसमा तपाइको मत

अन्य समाचार