‘कपुरी क’लाई ‘पिजी’

काठमाडौं,
मंसिर २१ ।

प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘कपुरी क’ सेन्सर पास भएको छ । गुञ्जन एण्ड कुसुम फिल्मस र बिजी बि इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्र ‘कपुरी क’ले सेन्सर वोर्डबाट ‘पिजी’ अर्थात् १६ वर्ष मुनिका दर्शकले अभिभावकको साथमा हेर्नु पर्ने प्रमाण पत्र उपलब्ध गराएको छ ।

चलचित्र ‘कपुरी क’मा यसै चलचित्र मार्फत डेब्यु गरेका प्रकाश तिवारी, सिजल उप्रेती, बसन्ती भाट, चेतबहादुर सिंह ‘राजा’, सद्दाम हुसेन, सोनु राई, रिवाज बिसुराल, बुद्धिसागर खनाल, सोनिका बास्तोला, राजेश बिसुराल साथमा सबिन बास्तोलाको बिशेष भुमिका रहेको छ ।

पूर्ण मनोरन्जनात्मक कथामा बनेको उक्त चलचित्रको निर्देशन सबिन बास्तोलाले गर्नुभएको छ । चलचित्रमा खेम थापा मगरको छायाँकन, एकनारायण भण्डारीको सङ्गीत, सन्तकुमार थापा मगरको कोरियोग्राफी रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार