वीरगञ्ज, विन्ध्यवासिनी र विश्वव्यवस्था

विन्ध्यावासिनी : सृष्टि र साधना विषयक आफ्नो लेखलाई पर्चाको रुपमा प्रकाशनसँगै वीरगञ्जको यात्राले विश्वव्यवस्थाको अवधारणाको जन्म गराएपश्चात् महानगरपालिकाका मेयर विजय सरावगीज्यूसँग भेटघाट पनि जु¥यो । मित्र सुनय दुवाडीका साथ भएको वीरगञ्जको भ्रमणले व्यावसायिक कार्यका साथै समग्र मुलुकको स्थितिसँग पनि परिचित गराउने अवसर जुरायो । आश्विन ३ अर्थात् नेपालको संविधान २०७२ पारित भएको तेस्रो वर्षगाँठ भएकोले संविधानप्रति असन्तुष्टि राख्ने राजनीतिक दल तथा बुद्धिजीविहरुको विचार र सभा पनि हेर्न पाइयो ।

यसैबीच वीरगञ्ज महानगर पालिकाका मेयर विजय सरावगी एक्लो राजनीतिक प्रतिनिधिका रुपमा संविधान दिवस मनाउने समारोह र जुलुसमा सहभागी भएको कुराले सबै समाचार पत्रहरुमा समेत स्थान पाएको देखियो । यसै प्रसङ्गमा हामीले पनि उहाँकै निवासमा भेट्ने समय मिलाएर भेटघाट ग¥यौँ । अघिल्लोपटक समय मिलाएर पनि भेटघाट गर्ने आफ्नै कारणले सकेका थिएनौँ । तर, यसपटकको भेट धेरै दृष्टिले उपयुक्त बन्न पुग्यो । परिचयसँगै प्रारम्भ भएको हाम्रो कुराकानी स्वराज्य र मेलमिलाप विषयक आफ्नो पुस्तकमा केन्द्रित गर्दै सम्पूर्ण नेपालीहरुलाई एकसूत्रमा बाँध्न सक्ने वैचारिक आधारबारे चर्चा ग¥यौँ । यही संविधानको सपथ खाएर निर्वाचनमार्फत् राज्य प्रणालीमा समाहित भएपश्चात् फेरि केका आधारमा बहिष्कार गर्न मिल्छ ? भन्ने उहाँको धारणा सुन्नुका साथै पार्टीले सोधेको स्पष्टीकरणको तुरून्तै जवाफ दिएको कुरा पनि जानकारी गराएपश्चात् मलाई पनि स्वराज्य र मेलमिलापको महत्व प्रष्ट्याउन सहज भयो ।

माओवादी सशस्त्र द्वन्द्वकालमा सबै धार्मिक समुदायलाई एकीकृत गर्दै शान्तिपूर्ण रुपान्तरण गर्ने ‘द्वन्द्व रुपान्तरण र शान्ति स्थापनामा धर्म तथा अध्यात्मिक क्षेत्रको भूमिका’ विषयक आफ्नो अनुसन्धानका आधारमा अन्तर्धार्मिक परिषद् नेपाल गठन गरी कार्य गरेको कुरालाई प्रष्ट्याउँदै अबको समस्या समाधान ‘स्वराज्य रेलमार्ग’मार्फत् गर्ने आफ्नो विचार प्रस्तुत गरेँ । उहाँको घरमा पारिवारिक उत्सवका कारण भेटघाट र भोज भए तापनि हाम्रा लागि समय दिनुभएकाले कुराकानीलाई छोट्याउनेतर्फ विशेष ध्यान दिँदै छोटकरीमा धेरै कुरा ग¥यौँ । दुबो रोपेको बगैँचामा कुर्सी ल्याएर हरियालीले आनन्द लिँदै स्वागतस्वरुप चियापान गर्दै कुरालाई अगाडि बढाइरह्याँै ।

 – केशवप्रसाद चौलागाई

संविधानको कार्यान्वयनपश्चात् पनि ६ प्रकारको हिंसा हुन सक्नेतर्फ आफ्नो कुरालाई बढाउँदै समाधानका लागि स्वराज्य र मेलमिलापलाई अगाडि सार्नुपर्ने कुरालाई महत्वका साथ प्रस्तुत गरे । वीरगञ्जको भूमिमा गान्धी दर्शनलाई फैलाउन महत्वपूर्ण हुने कुरा सीमापारि मोतिहारीस्थिति महात्म्य गान्धी केन्द्रीय विश्वविद्यालयको सञ्चालनले प्रष्टाउँछ भन्दा उहाँको सहमति देखियो । भारतले नसुनेको र गान्धी नभनेको वैदिक स्वराज्यका बारेमा नेपालले मौलिक प्रस्तुति र नेतृत्व गर्न सक्छ भन्दा चाखपूर्वक सुन्नुभयो ।

सम्पदा र संस्कृतिबारे ललितपुर नगरपालिकाका चार वडाको सम्पदाहरुको सचित्र पुस्तक प्रकाशनको उदाहरण दिँदै महानगरपालिकाले चाहँदा ऐतिहासिक कार्य गर्न सक्दछ भन्ने मेरो भनाइप्रति सहमति जनाउँदै ललितपुर महानगरपालिकाका मेयरसँग आफू पनि प्रभावित भएको र राम्रो सम्बध रहेको बताउनुभयो । हाम्रो कुरा सुनेपछि सहयोगको अपेक्ष गर्नुभएको छ ? भन्दै प्रतिप्रश्न गर्नुभयो । फेरि आफ्नो स्वराज्य र मेलमिलापको प्रसङ्ग उठाउँदै स्थानीय तहमा न्यायिक समिति बनाएर मेलमिलाप गराउने प्रावधानलाई सबै खाले द्वन्द्व समाधानको माध्यम बनाउने कुरामा सहयोगको अपेक्षा ग¥यौँ । व्यावसायिक पृष्ठभूमिका मेयरको राजनीतिक र सामाजिक बुझाइ उच्चस्तरको विज्ञता झल्किने थियो ।

न्यायिक अधिकार दिइसकेपछि पार्टीको पहिचान हटाउने प्रावधान हुनु प¥यो भन्ने विचार राख्नु हुँदै काठमाण्डौ विश्वविद्यालयसँग यस कार्यमा सहकार्य भइरहेको पनि जानकारी गराउनुभयो । निष्पक्ष न्याय सम्पादन गर्न निर्वाचित भइसकेपश्चात् सभामुखहरुका झैँ पार्टीबाट राजीनामा दिने व्यवस्था उपयुक्त हुने बताउनु हुँदा उहाँको ज्ञान उच्च रहेको सहजै बुझ्न सकिन्थ्यो । युनाइटेड स्टेट इन्स्टिच्यूट अफ पिसदेखि अन्तर्धार्मिक परिषद्सम्मका कुराकानी भविष्यमा वीरगञ्जमा गर्न सकिने कार्यक्रमका पृष्ठभूमिका रुपमा प्रस्तुत भएका थिए । प्रजातन्त्र, राष्ट्रियता र समावेशीतालाई संयुक्त सम्बोधन गर्ने स्वराज्यका बारे भारतको पूजामा प्रवचन दिएको प्रसङ्गका साथै गान्धीका राजनीतिक गुरू गोपाल कृष्ण गोखलेको नाममा सञ्चालित इन्स्टिच्यूटमा आफूले बोलेको कुराप्रति विशेष चाख दिनु हुन्थ्यो ।

अबुझहरुको हातमा वर्तमान राजनीतिक प्रणाली अगाडि बढ्दा सङ्घीयता असफल हुने कुरा व्यक्त गराइले स्पष्टवादी नेताका रुपमा बुझिन्थ्यो । आफू धार्मिक भावनाको मान्छे कहाँ राजनीतिमा फसिएछ भन्दै गायत्री परिवार नेपालको प्रमुख हुनका साथै अश्वमेध यज्ञ आयोजक प्रमुख रहेको जानकारी गराउनुभयो । बेला बेलामा घरभित्रको समारोह स्थलबारे ठूलो आवाजमा बजेका धुनले वार्तालाई असहज बनाउँदा त्यसो नगर्न अह्राइरहनुहुन्थ्यो । परिवारदेखि कार्यकर्ताहरुलाई समेत समय दिनुपर्ने बाध्यतालाई सहजै व्यवस्थापन गर्न सकेको देख्न सकियो । स्थानीय सरकारको प्रमुखको रुपमा व्यस्त हुने जीवन आनन्दित बनाउन के– कस्तो उपाय र स्वभावको आवश्यकता पर्दछ भन्ने कुरा उहाँबाट पनि सिक्न सकिन्छ । विश्वव्यवस्थातर्फ सोचाइ र गराइलाई अगाडि बढाउन सक्षम नेतृत्वको आवश्यकतालाई पूरा गर्न उहाँ सक्षम देखिएकोले त्यसतर्फ विचारलाई पुनः केन्द्रित ग¥यो । ‘सा विन्ध्यावसिनी विष्णोरनुसा वरदेश्वरी’ भक्तले इच्छाएको वर प्रदान गर्नु हुने भगवती विन्ध्यवासिनीको निवास रहेको वीरगञ्ज सृष्टिसँग पनि जोडिएकाले विश्वव्यवस्थाको भरपर्दाे केन्द्र बन्न सक्ने देखिन्छ ।

एवमुद्धीरिते यन्त्रे स्थिता सा जगर्धम्बिका विन्दुस्त्रिकोण षट्कोण वृत्तमष्टदलं तथा मध्यमा विन्दु, त्रिकोण, षटकोणमाथि अष्टदले कमल भएको यन्त्रमाथि जगदम्बिका निवास गर्नु हुन्छ भन्ने विन्ध्यमहात्म्यको वर्णनले पनि मणिद्वीप निवासिनीको महत्वलाई बुझ्न सहज बन्दछ । औद्योगिक तथा व्यापारिक केन्द्रका रुपमा वीरगञ्ज स्थापित हुनुमा महालक्ष्मी स्वरुपा विन्ध्यवासिनीको अवस्थितिका कारण पनि हो । ॐ ही महालक्ष्मै नमः । मूल मन्त्र विन्ध्यवासिनी माताको भएकोले आर्थिक समृद्धि बढ्दै जानेछ । अहं ब्रह्मस्वरूपिणी । मत्तः प्रकृति पुरूषात्मकं जगत् । शून्यं चाशुन्यंच । एवं प्रकार म ब्रह्मणरुपा हुँ । मबाटै प्रकृति पुरूषात्मक सद्रुप र असद्रुप जगत् उत्पन्न भएका छन् भन्दै देवताहरुलाई आफ्नो परिचय दिनु हुने भगवती सृष्टिकारिका हुनुहुन्छ । शास्त्रीय रुपमा महत्व राख्ने माता विन्ध्यवासिनीको स्थान वीरगञ्ज विश्वव्यवस्थाको भरपर्दाे नमुना बन्न सक्ने हुँदा त्यसतर्फ सोचाइ र गराइलाई एवंप्रकार केन्द्रित गरिनु पर्दछः (१) सैद्धान्तिक तथा वैचारिक आधार (२) औद्योगिक तथा वाणिज्य आधार (३) आध्यात्मिक तथा सृष्टिका आधार (४) नेपाल–भारत सम्बन्धको केन्द्रीय आधार प्रमुख रुपमा प्राथमिकतामा रहेका छन् । सैद्धान्तिक तथा वैचारिक आधारका रुपमा स्वराज्य र मेलमिलाप भावी विश्वको आधारका रुपमा अघि बढाउनु पर्दछ । प्राचीन ऋगवेदमै व्यवस्था भएको स्वराज्यले प्रजातन्त्र, राष्ट्रियता र समावेशिताको ग्यारेन्टी गर्दै सबैले आफ्नो ठान्ने राज्य व्यवस्थाको स्थापना गराउनेछ ।

विश्वमा भइरहेका द्वन्द्वलाई निराकरण गर्ने सैद्धान्तिक आधारका रुपमा समेत मान्यता र स्वीकार्यता प्राप्त गर्ने हुँदा त्यसको श्रेय वीरगञ्जले पाउन सक्नेछ । प्रारम्भदेखि नै विकास हुँदै आएको औद्योगिक तथा वाणिज्यका क्षेत्र विस्तारित हुँदै राष्ट्रलाई औद्योगीकरण गराउन महत्वपूर्ण योगदान पु¥याउने निश्चित छ । वीरगञ्ज भन्सारको राजस्व औद्योगीकरणबाट प्राप्त राजस्व, वाणिज्यबाट प्राप्त कर तथा कृषि उत्पादनबाट राष्ट्रलाई प्राप्त हुने योगदान उल्लेखनीय हुने हुँदा विश्वव्यवस्थाको भरपर्दाे केन्द्र बन्न सक्दछ । आध्यात्मिक तथा सृष्टिसँगको सम्बन्धलाई यहाँका माता विन्ध्यावासिनीलगायतका शक्तिपीठ तथा मठ मन्दिरले शास्त्रीय आधार प्रदान गर्नुका साथै दैवीशक्ति प्रदान गर्ने हुँदा भौतिक प्रयास सदैव सफल बन्दै जानेछ ।

साधकहरुको नियमित र दरिलो साधनाको खाँचोलाई पूरा गराइरहँदा दैवी कृपा सदैव प्राप्त हुन गई विश्वव्यवस्था अगाडि बढिरहने देखिन्छ । छिमेकमा रहेको भारतसँग सीमा जोडिएका कारण नेपाल–भारतको सम्बन्धलाई सजीवरुपमा बुझ्दै आत्मसात गर्ने वीरगञ्जले विशेष प्रयास गरिदिनु पर्दछ ।

रोटी–बेटीको सम्बन्ध रहेको नेपाल र भारतको सम्बन्ध सीमा क्षेत्रमै रहेर मात्र अनुभूति गर्न सकिने हुँदा विहार, बङ्गाल, उत्तरप्रदेश, उत्तराखण्डदेखि सिक्किमसम्म सम्बन्ध र समझदारी बढाउँदै जनताबीच सहकार्यलाई नयाँ अभियानका रुपमा वीरगञ्जले थालनी गर्नुपर्दछ । दिल्ली र काठमाडौँले भन्दा वीरगञ्जले नेपाल– भारत सम्बन्धलाई व्यावहारिक रुपमा सम्बोधन र परिचालन गर्न सक्ने कुराको बोध वीरगञ्जका नेतृत्व वर्गमा भएमा वीरगञ्ज विश्वव्यवस्थाको भरपर्दाे आधार केन्द्र बन्ने देखिन्छ ।

यसमा तपाइको मत

अन्य समाचार