अवार्डको भिडमा अर्को म्युजिक अवार्ड थपियो ‘औद्योगिक शान्ति नेपाल म्युजिक अवार्ड’

काठमाडौं,
मंसिर २० ।

म्युजिक अवार्डहरुको भिडमा फेरि अर्को अवार्ड थपिएको छ, औद्योगिक शान्ति नेपाल म्युजिक अवार्ड । बिगत पाँच बर्ष देखि नेपालको विभिन्न जिल्लाहरुमा औद्योगिक ब्यापार मेला महोत्सब तथा साङ्गीतिक कार्यक्रम आयोजना गर्दै आएको सस्था औधोगिक शान्ति नेपाल सस्थाले यो अवार्ड गर्न लागेको हो ।

यो अवार्डका लागि दर्ता फारम पनि खुल्ला गरिएको छ । जसका लागि २०७५ बैशाख देखि २०७५ फाल्गुन अन्तिम सम्मका गीत सङ्गीत समाबेश गरिने भएको छ भने नवप्रतिभाको हकमा २०७५ भित्र गीत निकालेको हुनु पर्ने आयोजकले जनाएको छ ।

सन्दिप महतको अधक्ष्यतामा हुने यस अवार्ड कार्यक्रमको संयोजक तथा कार्यक्रम निर्देशक सुर्य चन्द रहेका छन् । उत्कृष्ट नवप्रतिभा, रचनाकार, लोक तथा दोहोरी गायक पुरुष/महिला, राष्ट्रिय गीत, पप/आधुनिक, प्ले ब्याक सिङ्गर गायक र गायिका, भाषा भाषिका गीत म्युजिक भिडियो, एल्बमलगायत विभिन्न विधामा अवार्ड प्रदान गरिने आयोजकद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अवार्डमा नेपाली गीत सङ्गीतको क्षेत्रमा योगदान पुर्याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ भने नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।
औद्योगिक शान्ति नेपाल सस्थामा आबद्ध रहेर ब्यापार ब्यबसाय गर्दै आएका पाँच उत्कृष्ट व्यापारीलाई समेत अवार्ड प्रदान गरिने बताइएको छ ।

देश तथा विदेशमा प्रत्येक महिना जसो हुने नेपाली गीत सङ्गीतहरुका अवार्डको भिडमा यो अवार्ड पनि अन्य अवार्डहरुको देखासिखी हो कि केही फरक हुने छ त्यो त अवार्ड समारोह भए पछि नै थाह होला । तर, सबै अवार्डहरुले भन्ने गरेको एउटै कुरा हो यस क्षेत्रमा लागेकाहरुलाई सम्मान स्वरुप गर्न लागिएको अवार्ड ।

यसमा तपाइको मत

अन्य समाचार