रिमा गुरुङ होडाको ‘आँखाका जोर’ (भिडियोसहित)

काठमाडौं,
मंसिर २० ।

रिमा गुरुङ होडाको स्वरमा ‘आँखाका जोर’ गीत सार्वजनिक भएको छ । प्रकाश गुरुङको सङ्गीत, राजेन्द्र थापाको शब्द रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

यो गीतको निर्माण ४० बर्ष अगाडीनै एउटा भिडियो चलचित्रको लागी गरिएको भए पनि चलचित्र नै प्रदर्शनमा नआएको कारण गीत पनि सार्वजनिक हुन पाएको थिएन ।

कहिल्यै कसैलाई पनि आफ्नो सङ्गीतमा रहेको गीत गाउनको लागी आग्रह नगर्ने प्रकाश गरुङले छोरी रिमासँग यो गीत गाउन भने पछि गीतले मुर्त रुप पाएको हो । सचिन सिंहको सङ्गीत संयोजन रहेको गीतको भिडियोको निर्देशन तथा सम्पादन लोकेश बज्राचार्यले गरेका छन् ।

सानतना रेकर्डसबाट बजारमा आएको उक्त गीतमा हरि हुमागाईंको छायांकन, रबिन श्रेष्ठको सहायक निर्देशन, निशिला शाक्यको कोरियोग्राफि र साक्षी लम्सालको अभिनय रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार