स्वर सम्राटको स्मृति दिवसमा स्रष्टाहरुलाई पुरस्कारसहित सम्मान

काठमाडौं,
मंसिर २० ।

स्वर सम्राट नारायण गोपालको २८ औं स्मृति दिवसमा नारायण गोपाल सङ्गीत कोषले ६ जना स्रष्टालाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

सम्मानित हुनेहरुमा गायक तथा सङ्गीतकार कर्म योञ्जन, गीतकारहरु निर शाह, दीर्घसिंह बम, विश्वम्भर प्याकुरेल, राजेन्द्र रिजाल र दिनेश अधिकारी हुनुहुन्छ ।

सम्मानित स्रष्टाहरुले नारायण गोपालले सङ्गीत क्षेत्रमा दिएको योगदानको बारेमा चर्चा गर्दै उहाँलाई राष्ट्रिय विभूतिको घोषणा गर्न सरकारसँग माग गरेका थिए ।

कार्यक्रमका अन्य सहभागीहरुले नारायण गोपाल नेपालीको ढुकढुकीमा बाँचिरहने एक अदभूत प्रतिभा रहेको बताए ।
कार्यक्रममा विभिन्न कलाकारहरुले नारायण गोपालले गाएका गीतको साङ्गीतिक प्रस्तुति दिएका थिए । नारायण गोपाल सङ्गीत कोषले ६ करोड रुपैयाँको लागतमा चाडै नै गीत–गङ्गा नामक हल निर्माण गर्ने जनाएको छ ।

उता नेपाल सांस्कृतिक संस्थानले पनि नारायण गोपालको सम्झनामा स्मृति सभा गरेको छ । कार्यक्रममा विभिन्न कलाकारहरुले नारायण गोपालले गाएका चर्चित गीतहरुको प्रस्तुति दिएका थिए ।

यसमा तपाइको मत

अन्य समाचार