हास्य टेली अवार्ड २०७५ हुँदै

काठमाडौं,
मंसिर १८ ।

हास्य टेली अवार्ड २०७५ हुने भएको छ । नेपालमै पहिलो ‘हास्य टेली अवार्ड २०७५को आयोजना गरिने भएको हो । अहिलेसम्म टेलिभिजन र युट्युबमा प्रसाण भएका हास्य टेलिफिल्महरुलाई प्रोत्साहनको लागि हास्य टेली अवार्ड गर्न लागिएको आयोजकले जनाएको छ ।

आगामी पौष ७ गते कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा सम्पन्न गरिने अवार्डमा बिभिन्न १९ बिधामा अवार्ड प्रदान गरिने अवार्ड संयोजक कृष्ण पुलामी मगर (क्रिश)ले जानकारी गराएका छन् ।

अवार्डमा सामेल हुन चाहनेहरुले यही मंसिर २५ गते सम्ममा आफ्ना टेलिफिल्मको डिजिटल प्रती सहित आबेदन दिन सक्नेछन । अवार्ड ७५प्रतिशत भोटको आधारमा र २५प्रतिशत निर्णायक मण्डलको निर्णयअनुसार प्रदान गरिने जनाइएको छ । यो हास्य टेली अवार्डलाई मलेसियामा थुप्रै कार्यक्रमहरु आयोजना गर्दै आएको ‘फ्रेन्डसीप धमाका’ले आयोजना गर्न लागेको हो ।

आयोजकका अनुसार अवार्डमा सामेल हुन चाहनेहरुले ९८६९१९४८४८, ०१४४८७८४६ मा सम्पर्क गरि आबेदन दिन सक्नेछन । अवार्डले पुरानालाई सम्मान तथा नयाँलाई प्रोत्सान प्रदान हुने र आउने नयाँ प्रतिभाहरुलाई पनि हौसला हुने अवार्ड संयोजक पुलामीको भनाइ छ ।

आयोजक सस्था फ्रेन्डसीप धमाकाले नेपालका बिभिन्न कलाकारहरुलाई समेटी मलेसियामा लगभग दुई दर्जन भन्दा बढी कार्यक्रम सम्पन्न गरिसकेको छ ।

यसमा तपाइको मत

अन्य समाचार