निर्मलाका लागि न्याय माग्दै सवारी साधनमा स्टिकर

काठमाडौं,
मंसिर १८ ।

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका लागि न्याय माग्दै सोमबार लामो तथा छोटो सवारी साधनहरुमा स्टिकर र पोस्टर टाँसिएको छ । ‘सरकार भेटियो न्याय भेटिएन’ लेखिएका स्टिकरहरु टाँसिएको हो ।

काठमाडौको गोंगबुस्थित नयाँ बसपार्कमा पुगेर युवाहरुले सवारी साधनमा स्टिकर र पोस्टर टाँसेका हुन् ।

निर्मला पन्तका लागि न्यायका अभियन्ता प्रितम सुवेदीले न्यायका लागि देशभरबाट आवाज उठाउन यो अभियान सुरु गरेको जानकारी दिए ।

नयाँ युगको शुरुवात भन्दै प्रधानमन्त्री ओलीको पोस्टर राजधानीका पोल पोलमा टाँसेकै राति सोही पोस्टरको मुन्तिर ‘सरकार भेटियो न्याय भेटिएन’ लेखिएका पोस्टर टाँसेर युवाहरुले यो अभियान शुरु गरेका थिए ।

यसमा तपाइको मत

अन्य समाचार