विभिन्न दललाई पूर्व जनमुक्ति सेना नेपालको ज्ञापन पत्र

काठमाडौं,
मंसिर १६ ।

सशस्त्र संघर्षमा भाग लिएका जनमुक्ति सेनाहरुको साझा संगठन पूर्व जनमुक्ति सेना नेपालले आफ्ना विभिन्न माग राख्दै विभिन्न दलका नेतृत्व समक्ष ज्ञापन पत्र बुझाएको छ ।

आफ्नो न्याय, अधिकार, आत्म-सम्मान, गौरव इतिहास र पहिचानको निम्ती भन्दै विभिन्न दलका नेतृत्व समक्ष ज्ञापन पत्र बुझाएको सङ्गठनका सञ्चार संयोजक प्रशान्त भण्डारीले जानकारी दिए ।

मुलुकको आमुल परिवर्तनका निम्ती आफ्नो ज्यानको बाजि थापेर लडेका पुर्व जनमुक्ति सेनाहरुले सम्मान र न्यायका निम्ती १२ बुँदे मागपत्र पेश गरेको जनाएको छ ।

सङ्गठनका संयोजक प्रविण तामाङ द्वारा हस्ताक्षरित ज्ञापन पत्र नेपाली कांग्रेसका सभापति शेरबाहादुर देउवा, नयाँ शक्ति नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र विप्लप नेतृत्वका नेकपाका प्रवक्ता खड्ग बहादुर बिश्वकर्मालाई बुझाईएको प्रचार प्रसार संयोजक भण्डारीले जानकारी दिए ।

यसमा तपाइको मत

अन्य समाचार