जोर–बिजोर नियम खारेज

काठमाडौं,
मंसिर १४ ।

एसिया प्यासिफिक सम्मेलनका लागि भन्दै काठमाडौँमा गुड्ने सवारीसाधनमा लगाइएको जोर–बिजोरको नियम सरकारले हटाएको छ । बिहीबारदेखि १६ गतेसम्मका लागि लागू गरिएको सवारीसाधनमाथिको जोर–बिजोर नियम गृहमन्त्रालयको निर्देशनमा आजै शुक्रबार साढे ११ बजेदेखि हटाइएको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको छ ।

विभिन्न १५ भन्दा बढी देशका राष्ट्र तथा सरकार प्रमुख र उच्च पदस्थ अधिकारी काठमाडौँमा आउने भन्दै सडक खाली गर्न सरकारले बिहीबारदेखि जोर–बिजोर नियम लागू गरेको थियो ।

पहिलो दिनमै सवारीसाधन अभावमा सास्ती भोग्नुपरेपछि सरकारको यो नियमको सर्वसाधरणले चर्को आलोचना गरेका थिए । यो नियम हटेसँगै बिहान साढे ११ बजेदेखि उपत्यका सबै नम्बरका गाडी गुड्न पाउनेछन् ।

यसमा तपाइको मत

अन्य समाचार