सालोम जुराबिश्भीली जर्जियाको पहिलो महिला राष्ट्रपति

एजेन्सी ।
जर्जियामा पहिलो महिला राष्ट्रपतिको रुपमा सालोम जुराबिश्भीली निर्वाचित भएकी छिन् । फ्रान्समा जन्मिएकी पूर्व कुटनीतिज्ञ जुराबिश्भीलीले करिब ५९ प्रतिशत मत प्राप्त गरिन् । उनका प्रतिस्पर्धी ग्रिगोल भाशाड्जेले ४० प्रतिशत मत प्राप्त गरे ।

६६ वर्षिया जुराबिश्भीलीलाई सत्तारुढ जर्जियन ड्रिम पार्टीको समर्थन गरेको थियो । सन् २००८ मा रुस युद्ध हुंदा उनिं विदेशमन्त्री रहेकी थिइन् । जर्जियामा राष्ट्रपतिलाई धेरै हदसम्म आलङ्कारिक भूमिकामा रहने गरी नयाँ संविधान लागु हुँदैछ ।

यसमा तपाइको मत

अन्य समाचार