गोंगबुमा ८ वर्षिय बालकको अपहरणपछि हत्या

काठमाडौं,
मंसिर १४ ।

राजधानीमा धेरैलाई स्तब्ध बनाउने गरी बालकको अपहरणपछि हत्या भएको छ । गोंगबुमा होटल चलाउने प्रवीण कुँवरका ८ वर्षिय छोरा प्रयासको मंगलबार अपहरणपछि हत्या गरेका हुन् । अपहरण र हत्या गर्ने उनको चालक महेन्द्र सार्की हुन् ।

थोरै तलब दिएको र गाली गरेको रिसमा आफूले हत्या गरेको उनले बताएका छन् । महेन्द्रलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।

उनले हत्या गरी बालकको शव सामाखुशीस्थित खोलामा फालेका थिए । महेन्द्र सो होटलको बोलेरो गाडी चलाउन नियुक्त भएका थिए । तर, राम्रो काम नगरेपछि मालिकले गाली गर्दथे । सोही रिसमा उनले बालकको क्रुर हत्या गरेका हुन् ।
प्रयास टाउन प्लानिङको वेलमेन्ट इन्टरनेश्नल स्कुलमा कक्षा १ मा अध्ययनरत थिए ।

यसमा तपाइको मत

अन्य समाचार