हिंसा अन्त्यका गर्न शिक्षा र चेतना फैलाउनु आवश्यक-राष्ट्रपति

काठमाडौं,
मंसिर ९ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने हिंसा अन्त्यका गर्न शिक्षा र चेतना फैलाउनु आवश्यक रहेको बताएकी छन् ।
महिलाविरुद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका उपलक्ष्यमा जारी गरेको शुभकामना सन्देशमा उनले बोक्सीको आरोप, छाउपडी, दाइँजोजस्ता कुप्रथालाई कानूनले निषेध गरिसकेको अवस्थामा समेत समाजमा रहिरहेका अन्धविश्वास, कूरीति, कुसंस्कारले गर्दा नेपाली महिला हिंसा, विभेद र अपमानका पीडा खप्न अझै बाध्य रहेको जनाइएको छ ।

राष्ट्रिपति भण्डारीले महिलाविरुद्ध हुने हिंसाविरूद्धको अन्तर्राष्ट्रिय दिवसले समाज, देश र अन्तर्राष्ट्रियस्तरमा महिला हिंसालाई निषेध र निरुत्साहित गर्ने कार्यमा लागेका सबैलाई शुभकामना व्यक्त गरेकी छन् ।

‘लैंगिक हिंसा र दुव्र्यवहार छैन हामीलाई स्वीकार’भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको उपलक्ष्यमा उनले सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइको सुख, समृद्धि र सुस्वास्थ्यको कामना पनि गरेकी छन् ।
संयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्षको नोभेम्बर २५ लाई महिलाविरुद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेसँगै नेपालमा पनि यो दिवस मनाउने गरिएको हो ।

यसमा तपाइको मत

अन्य समाचार