महिला हक, अधिकारको संरक्षणमा ठुलो उपलब्धि हासिल-प्रधानमन्त्री

काठमाडौं,
मंसिर ९ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले महिला हक, अधिकारको संरक्षणमा ठुलो उपलब्धि हासिल गरेको उल्लेख गरेका छन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका सन्दर्भमा आज एक सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन्।

‘संविधानले सबै किसिमका लैङ्गिक विभेदको अन्त्य गर्ने सङ्कल्प गरेको छ । प्रत्येक नेपाली महिलालाई विना लैङ्गिक भेदभाव समानवंशीयहक, सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्य सम्बन्धीहक, राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागीहुने हकलगायत मौलिक हक प्रत्याभूत गरेको छ’ सन्देशमा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘संघ, प्रदेश र स्थानीयतहका निर्वाचनबाट विभिन्नतहको नेतृत्वमा निर्वाचित भएकामध्ये ४१ प्रतिशत महिलाहरु नै छन् । यो तथ्याङ्क दक्षिण एशिया र विश्वकै लागि समेत प्रेरणादायी छ ।’

मानव अधिकारको विश्वव्यापी घोषणा १९४८, राजनीतिक तथा नागरिक एवम् आर्थिक सामाजिक तथा सांस्कृतिकअधिकार सम्बन्धि अनुवन्ध १९९६ र महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य गर्ने महासन्धी १९७९ को नेपालपक्ष राष्ट्र भएकोले यी महासन्धीको सरकारले पूर्ण पालनागर्ने प्रधानमन्त्री ओलीले प्रतिवद्धता जनाएका छन् ।

व्यक्ति, परिवार, समाज र सिंगो राष्ट्र लैङ्गिक हिंसाको नकारात्मक प्रभावबाट ग्रसितहुने भएकोले यसका कारकहरुको निर्मूल गर्ने कुरामा सरकार गम्भिर रहेको प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ । हिंसा विरुद्ध सरकारको प्रयास हुँदाहुँदै पनि कतिपय अवस्थामा गलत अभ्यास र दुःखद् घटनाका कारण देशको छवि अन्तर्राष्ट्रिय रुपमा नकारात्मक हुन नपाओस् भनेर सबै सजगहुनु पर्ने प्रधानमन्त्रीको धारणा छ ।

‘लैङ्गिक हिंसाको अपराधमा संलग्नहुने जो सुकैलाई कानुनबमोजिम कडा सजायदिन सरकार दृढ छ’ प्रधानमन्त्री ओलीको सन्देशमा भनिएको छ ‘मुलुकी देवानी संहिता र मुलुकीअपराध संहिताको प्रभावकारी कार्यान्वयबाट सबै प्रकारका हिंसा अन्त्यकालागि थप बल प्रदानगर्ने मैले विश्वास लिएको छु ।’

यसमा तपाइको मत

अन्य समाचार