कपिलवस्तुमा प्रदेशसभा स्वतन्त्र उम्मेदवारको हत्या

कपिलवस्तु,
मंसिर ८ ।

गत वर्ष सम्पन्न प्रदेशभाको निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट प्रदेशसभा सदस्यको स्वतन्त्र उम्मेदवार रहेका ३० वर्षीय दीपेन्द्रकुमार चौधरी (राजाबाबु) को गोली प्रहार गरी हत्या गरिएको छ।

जिल्लाको शुद्धोधन गाउँपालिका–४ मोतीभारीस्थित घर नजिकैको सडकमा अज्ञात समूहले शुक्रबार राति ९ बजे चौधरीलाई गोली प्रहार गरेको थियो ।

गोली लागेर गम्भीर घाइते भएका उनको लबनीस्थित स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका क्रममा भैरहवा पुर्याउँदा मृत्यु भएको पकडी इलाका प्रहरी कार्यालयले जनाएको छ ।

आन्तरिक झगडाका कारण समूहमा आएका व्यक्तिले गोली हानी फरार भएको हुनसक्ने अनुमान गरिएको र खोजी कार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार