मोडलिङमा दृश्य

दृश्य सुवेदी
मोडल/नायक

पछिल्लो समय नेपाली मोडलिङ र कलाकारिताको क्षेत्रमा लोकप्रियता हासिल गरेको नाम हो, दृश्य सुवेदी । सन् २०१२मा आयोजित मिस्टर नेपाल र म्यान हन्टमा सहभागी भई मिस्टर फिजिक्स र सन् २०१२ कै सुपर मोडल कन्टेन्सट्बाट सुपर डिसिप्लिनको उपाधि जितेपछि चर्चामा आएका दृश्यले त्यही समयदेखि मोडलिङ सुरु गरेको भए पनि बीचमा उनी देशबाहिर रहेकाले दर्शकमाझ उति परिचय बनाउन सकेनन् । केही वर्ष अघिदेखि निरन्तर दर्शकको रोजाइमा परेको गीत ‘पानीको फोकाजस्तै फुट्यो हाम्रो माया’ अभिनय गरेसँगै दर्शक र कलाकर्मीबाट पाएको तारिफले पुनः कलाकारितामा फर्किएका उनले तीन दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेका छन् । केही चलचित्रमा समेत देखिएका उनका रोजाइमा परेका चलचित्र नेपथ्य, जंगे, प्रियसीलगायत रहेका छन् । पूर्वी नेपालको ताप्लेजुङमा जन्मिएका दृश्य यतिबेला लिड रोलमा नयाँ चलचित्रको छायाँकनमा व्यस्त छन् ।

यसमा तपाइको मत

अन्य समाचार