यसरी समुन्द्री मार्गबाट एशिया र अफ्रिकाका ७० देशलाई जोडिँदै वन बेल्ट वन रोड

एजेन्सी ।

चिनियाँ राष्ट्रपति शी जिन पिंगको महत्वाकांक्षी परियोजना वन बेल्ट व रोड (ओबीओआर) अनुसार रेल र समुन्द्री मार्गबाट एशिया र अफ्रिकाका ७० देशलाई जोडिँदैछ । चीनले यो परियोजनाका लागि ९ सय अरब डलर खर्च गर्दै छ । यो रकम दुनियाको कुल जीडीपीको एक तिहाई हो ।

दोस्रो शताब्दीमा चीले भारत, फारस (ईरान) र रोमन साम्राज्यलाई जोड्न सिल्क रुट बनाएको थियो । यो रुटहुँदै चिनियाँ व्यापारी उँट र घोडाबाट रेशमलगायतको व्यापार गर्थे । अब ओबीओआरलाई दुई भागमा बाँडिएको छ । पहिलो स्थल मार्ग सिल्क रोड, जसलाई सिल्क रोड इकोनोमिक बेल्ट (एसआरईबी) भनिन्छ । दोस्रो म्यारीटाइम सिल्क रोड (एमएसआरईबी) जुन समुन्द्री माग हुनेछ । एसआरईबीले एशिया अफ्रिका र यूरोपलाई जोड्ने छ । यो रुट चीनको बेइजिंगलाई टर्कीको इस्तानबुलसँग जोड्ने छ । र यसले रुस र इरानलाई कभर गर्नेछ । यस्तै एमएसआर दक्षिण चीन् सागरदेखि हिन्द महासागर हुँदै दक्षिण पूर्वी एशियाहुँदै अफ्रिका र खाडी देशलाई जोड्ने छ ।

ओबीओआरअनुसार चीनले निर्माण, पारवहन तथा ऊर्जामा लगानी गरिहेको छ । यसैअनुसार पाकिस्तानमा ग्यासको पाइप लाईन, हंगेरीम हाईवे र थाईल्याण्डमा हाई स्पीड रेल लिंक निर्माण भइरहेको छ । चीनदेखि पोल्याण्ड (यूरोप)सम्म ९ हजार ८०० किलोमीटरसम्मको रेललाईन बनाइनेछ ।

ओबीओआरअनुसार नै चीको शिनजियांगदेखि पाकिस्तानको ग्वादरसम्म चीन पाकिस्तान इकोनोमिक करिडोर (सीपीईसी) बनिरहेको छ । सीपीसी पाकिस्तान अधिनस्थ कश्मीर हुँदै जानेछ । यसमा भारतको विदेशमन्त्रालयले विरोध गर्दै आएको छ ।

गएको वर्ष मेमा भएको ओबीओआरर समिटमा २९ देश सहभागी भएका थिए । यसमा भारत भने सहभागी भएन । भारतले अन्तर्राष्ट्रिय कानुन र बराबरीमा हुनुर्पे बताएको थियो । हिन्द महासागरका देशमा चीन बन्दरगाहा, नौसेना बेस र निगरानी पोस्ट बनाउन खोजिरहेको बताइन्छ । यसबाट भारतलाई सामरिकरुपमा घाटा हुने भारतीय पक्षको विश्लेषण छ ।

परियोजनाअनुसार चीनले श्रीलंका, बंगलादेश र पाकिस्तानमा पोर्ट बनाइरहेको छ । यसबाट उसले बंगालको खाडी तथा अरब सागरमा आफ्नो प्रभाव बढाउनेछ । ओबीओआरअनुसार चीले विकाशील देशमा ठूलो लागि गर्दैछ ।

ओबीओआर भारतका लागि टाउको दुखाई भए पनि नेपालका लागि भने एक अवसर हुनेछ । भूपरिवेष्ठित नेपाललाई विश्वका मुलुकहरुसँग जोड्न ओबीओआर सहयोगी हुनेछ । नेपालले पनि ओबीओआरको समर्थन गरेको छ भने चीनले यो परियोजनाअनुसार नेपाललाई सहयोग गर्ने बताउँदै आएको छ । तर, हालसम्म नेपालमा चीनले यो परियोजनाअनुसार कुनै सहयोग भने गरेको छैन ।

यसमा तपाइको मत

अन्य समाचार