परदेशीको तिहार सार्वजनिक (भिडियोसहित)


काठमाडौं,
कार्तिक २० ।

नेपालीहरुको महान् पर्व तिहारको अवसर पारेर गीतकार दुर्गा खनाल घिमिरेकोे तिहार सम्बन्धी नयाँ गीत सार्वजनिक भएको छ । हेम लामाको सङ्गीत तथा प्रताप दास र मिलन नेवार आमात्यको स्वरमा रहेको गीतको भिडियो सर्वाजनिक भएको हो ।

दीपकराज घिमिरेले निर्देशन र शंकर वि सी नृत्य निर्देशन रहेको गीतको भिडियोमा शंकर वि सी , जानुका कडेल, बिक्की पुलामी मगर दिरोन घिमिरे र दृष्टि घिमिरेलगायतकाको अभिनय रहेको छ ।

अमेरिकाको न्युयोर्कमा छायाँकन गरिएको देउसी गीतको भिडियोमा बिदेशमा काम गर्दा नेपालीहरुले घरमा महानपर्वमा पनि उपस्थीत हुन नस्कदाको पिडालाई समेटिएको छ ।

लामो समयदेखि अमेरिकामा बसोबास गदै आएकी घिमिरेले लेखेको देउसी गीतको स्वर सङ्गीत र शब्दमा जति मिठास छ । परम्परागत नेपाली देउसी गीतको मौलिकतालाई कायम राख्न भिडियोमा पनि उत्तिकै मेहनत गरेको देखिन्छ ।

प्रवासमा छायांकन गरिएको भिडियो भएता पनि ठेट नेपाली परिवेशलाई प्रस्तुत गरिएको छ । कलाकार भेषभुषा देखि छायाँकन स्थलको सजावटले समेत नेपालको झल्को मेटाउने छ ।

यसमा तपाइको मत

अन्य समाचार