पुनम इन्टरटेनमेन्टले निर्माण गर्ने चलचित्रमा साम्राज्ञी


काठमाडौं,
कार्तिक २० ।

पुनम इन्टरटेनमेन्टले निर्माण गर्न लागेको नयाँ चलचित्रमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अनुबन्धित भएकी छन् ।
इन्टरटेनमेन्टकी प्रमुख तथा निर्माता पुनम गौतम क्षेत्रीले आफ्नो नयाँ चलचित्रमा साम्राज्ञीलाई अनुबन्ध गरेको पुष्टि गरिन् ।
‘पटकथाको पहिलो ड्राफ्ट तयार भएदेखि नै साम्राज्ञी हाम्रो पहिलो रोजाइमा थिइन् । अन्ततः हामी एक अर्कासँग काम गर्न तयार भएका छौं,’ उनले भनिन्, ‘एउटा सुन्दर चलचित्र बनाउने हाम्रो अभिलाषा साम्राज्ञीको आगमनसँगै झन् मजबुत भएको अनभूति भएको छ ।’

नायिका साम्राज्ञीले पनि चलचित्रको कथा रोचक लागेकोले अभिनयका लागि राजी भएको बताइन् । ‘इन्टु मिन्टु लन्डनमा पछि जति पनि कथा सुनिरहेकी थिएँ त्यसमा यो चलचित्रको कथा बिल्कुलै फरक छ । कथासँगै निर्माण टिम पनि राम्रो लागेकाले यो चलचित्र गर्न राजी भएकी हुँ,’ साम्राज्ञीले भनिन् ।

चलचित्रमा साम्राज्ञीको आगमनसँगै मुख्य भूमिकामा अभिनय गर्ने कलाकारको टुङ्गो लागेको निर्माता गौतमले बताइन् । चलचित्रमा यसअघि नै पुष्प खड्का र रेबिका गुरुङ फाइनल छन् ।

माघको दोस्रो हप्ताबाट फ्लोरमा जाने चलचित्रको नाम भने निर्माण टिमले अहिलेसम्म पनि सार्वजनिक गरेको छैन । बाँकी कलाकार र नामऔपचारिक कार्यक्रम गर्दै सार्वजनिक गर्ने निर्माण टिमको तयारी रहेको छ ।

गोविन्द फुयाँलको लेखन रहेको चलचित्रलाई नवल नेपालले निर्देशन गर्दैछन् । चलचित्रको छायाँकारको रुपमा पनि सञ्जय लामा अनुबन्धित भइसकेका छन् । चलचित्रमा अर्जुन पोखरेल र कृष्ण काफ्लेको सङ्गीत रहनेछ । निर्माणमा पुनम गौतमलाई राजा प्रधानले सघाउने छन् ।

यसमा तपाइको मत

अन्य समाचार