प्रदर्शनको तयारीमा लिलामे माइलो


काठमाडौं,
कार्तिक २० ।

मौलिक र सामाजिक परिवेषमा आधारित नेपाली लोक नाटक लिलामे माइलो प्रदर्शनको तयारी भइरहेको छ । कार्यकारी निर्माता राजाराम गौतमका अनुसार कुञ्ज नाटक घरको प्रस्तुति रहने नेपाली लोक नाटक लिलामे माईलोको अहिले रिर्हसलको काम तिब्र गतिमा भइरहेको छ ।

नाटकमा कथा÷निर्देशकः प्रभाकर न्यौपाने, नाट्य रुपान्तरण: राज थापा काउचा, कलाकारहरु सलमान गुरुङ, निशा पाख्रिन, राजन भुजेल, पुष्प अवस्थि, विजय नेपाल, विरेन्द्र खाति, अलविना न्यौपाने, विपना थापा लगाएतका कलाकारहरुको भुमिका रहेको छ भने फोटोग्राफि डकुमेन्टेसन युसव गौतम गौतमले गरेका छन् ।

मंसिर १४ देखि पुस ७ गते सम्म कुञ्ज नाटक घरमा मञ्चन हुने नाटकलाई देशका विभिन्न थिएटरहरुमा र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नाटक महोत्सबहरुमा समेत मञ्चन गर्ने गरि तयारी गरिएको बताइएको छ । नेपाल पश्चात नाटक भारतको सिक्किम, दार्जलिङ, सिलगुडि, असाम, थाईल्याण्ड, म्यानमारमा समेत प्रर्दशनको तयारी गरिएको छ ।

नाटक मोरङ जिल्लाको पर्यटकीय क्षेत्र लेटाङआसपासको मगर समुदायलाई आधार बनाएर तयार गरिएको छ । पात्रहरुको चरित्रमा वास्तविकता ल्याउन र दर्शकलाई नयाँ पन दिनको लागि नाटकको कलाकार सहितको टोली एक हप्ता सम्म मोरङ जिल्लाको लेटाङ स्थीत राजारानी ताल आसपास क्षेत्रमा गई चरित्र निर्माणको लागि फिल्ड भिजीट समेत गरेको थियो ।
नेपाली नाट्य क्षेत्रमा नयाँ प्रयोग सहित, नाटकको माध्यमबाट पुर्बी नेपालका आदिबासी जनजाती मध्येको मगर जातीको रितिरिवाज, चालचलन, कला साहित्य र संस्कृतिलाई प्रवद्धन गर्नुको साथै पर्यटकिय क्षेत्र मोरङको राजारानि ताललाई पनि पर्वद्धन गर्न मद्धत पुग्ने निर्माता गौतमले बताए ।

लिलामे माइलो फेमेलि ड्रामा र सामाजिक विषयवस्तुलाई नाटकमा उतारेको बताउँदै कथा÷निर्देशक प्रभाकर न्यौपानेले रङ्गकर्मका माध्यमद्वारा नेपालको ग्रामीण भेगमा बसोबास गर्ने ब्यक्तीहरुको स्थानीय रहसन, सँस्कृती, पर्ब, ति गाउँले जिवन यापन गर्नेहरुको जिवनमा घट्ने घटनाहरुलाई दुरुस्तै कथामा उतारी प्रत्यक्ष अभिनयको माध्यमद्वारा नाटकको रुपमा प्रस्तुत् गर्न लागेको बताए । चरित्र निर्माण नाटकका लागि महत्वपुर्ण हुने भन्दै निर्देशक न्यौपानेले नाटकलाई यथार्थ परक बनाउन नाटकमा अभिनय गर्ने कलाकारहरुलाई आफुले निभाउनु पर्ने चरित्र माथीको भुमिका निभाउन सहज होस र चरित्र बिश्वसनीय होस भन्ने हेतुले स्थलगत अवलोकन बिधिद्वारा चरित्र निमार्ण गर्नका लागि लेटाङलगेको बताए । नाटकका दर्शकहरुलाई यथार्थता महशुस गराउन विविध खालका विधिहरुको प्रयोग गरिने उनले जानकारी गराए ।

नाटक अवधिभर कुञ्ज थिएटरमा लेटाङ स्पेशल निशुल्क फोटो प्रदशनी समेत राखिने छ । भने काठमाडौंमा रहेका सुकुम्बासी बस्तीका बालबालिकाले निर्माण गरेको कला सामग्रीलाई पनि प्रर्दशनीमा बिक्रिका लागि राखिने छ । नाटक मंसिर १४ गते देखि पुस ७ गते सम्म मञ्चन हुने भए पनि मंसिर १२ गते काठमाडौंमा रहेका सुकुमबासी बस्तीका बालबालिकालाई र मंसिर १३ गते वृद्धाश्रमका बा, आमालाई निःशुल्क देखाईने छ ।

नाटकमा नेपाली नाट्य क्षेत्रमा हुन गैरहेका फरक प्रयोगले पुराना तथा नयाँ युवा पुस्तका दर्शका र निर्माताहरुलाई आर्कषण गर्न सफल हुने विश्वास गरिएको छ । यो किसिमको मौलिक कथा वस्तुको खोजी र अनुशन्धानमुुलक कथा निर्माणको तयारीले नाटकले दर्शक मन जित्न सफल हुनेमा नाटक टोली विश्वस्त छ ।

लिलामे माईलो नाटक मञ्चनबाट सङ्कलन हुने रकम खर्च कटाएर बाँकि रकम सामाजिक कार्यमा खर्च गरिने छ । नाटक माईला भएर जन्मनुभएकाहरुले निशुल्क हेर्न पाउने छन् । सुकुम्बासी बस्तीका बालबालिका र ७० वर्ष भन्दा माथिका बृद्ध बृद्धाले यो नाटक कुनै पनि दिन निशुल्क हेर्न पाउने कुरा कार्यकारी निर्माता राजाराम गौतमले जानकारी गराए ।

यसमा तपाइको मत

अन्य समाचार