‘प्रेमलीला’को ‘तक्लु ब्युटी कन्टेस्ट’


काठमाडौं,
कार्तिक २० ।

आगामी माघ २५ गतेदेखि देशभरका सिनेमाघरमा आउँने तयारी गरेको चलचित्र ‘प्रेमलीला’ले प्रचार प्रसारको नयाँ फण्डा सुरु गरेको छ । प्रोमोसनलाई व्यापकता दिने योजना अनुसार चलचित्र निर्माण यूनिटले ‘तक्लु ब्युटी कन्टेस्ट’को आयोजाना गर्ने भएको हो ।

प्रतियोगितामा महिलाहरु मात्र सहभागी हुन सक्नेछन् । सहभागिताका लागि सिनेमाको अफिसियल फेसबुक पेज ‘प्रेम लीला’ – लाइक गरी आफ्नो कन्ट्याक्ट डिटेल्स सहित तक्लु मेकअप गरेको फोटो पठाउनु पर्ने छ ।

प्राप्त फोटोहरुलाई सङ्कलन गरेर उत्कृष्ट १० फोटो छानेर अन्तिम प्रतिस्पर्धा गराइनेछ । अन्तिम १०लाई निर्णायक तहमा लगेर निर्णयकको निर्णय अनुसार प्रथम हुनेलाई रु ५० हजार दोस्रो हुनेलाई रु २५ हजार र तेस्रो हुनेलाई १० हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

दीपशिखा खड्काकै कथा रहेको चलचित्रमा इण्डो नेपाल लभ स्टोरी समेटिएको छ । चलचित्रमा खड्कासँगै भारतीय मोडल अलि खान मुख्य भूमिकामा रहेका छ । सिनेमामा निर्देशन जनक पाण्डेको रहेको छ भने छायाँकन पवन गौतमले गरेका हुन् । चलचित्रमा महेश खड्का, नबिन कार्की र बिराज शाहको सङ्गीत रहेको छ ।

चलचित्रमा दीपशिखा र अली सानका अलवा सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तवलगायतको अभिनय रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार