कागे बाहुन रमेशले गरे रत्नपार्कमा काग सम्मेलन


काठमाडौं,
कार्तिक १९ ।

नेपालीहरुको दोस्रो महान् पर्व तिहार आजबाट सुरु भएको छ । यसको सुरुवातसँगै पहिलो दिन काग तिहार मनाइएको छ । यसका साथै मुखबाट कागको आवाज निकाल्न सक्ने कागे बाहुनको नामबाट परिचित रमेश दुलालले राजधानीको रत्नपार्कमा १५ औं काग सम्मेलन गरेका छन् । बिगत १५ बर्षदेखी काग तिहारको अवसरमा काग सम्मेलन गर्दै आएका दुलालले यसबर्ष पनि कागलाई बोलाएर काग तिहार मनाएका हुन् ।

बिहान ६ः३० मा भएको कार्यक्रममा दुईसय बढी कागलाई दुलालले बोलाएका थिए । उनका अनुसार कागको भाषा बोलेर कागलाई आफुतिर बोलाउनु पर्छ । ‘कागसँग उसको भाषा बुझेर बोल्नुपर्छ ।

कागलाई बोलाउँदा मलाई आपत पर्यो भन्दै सहयोग माग्नुपर्छ अनि काग आफूतिर आँउछन्’ उनले भने । सङ्गीतकर्मी संघको आयोजनामा भएको १५ औं काग सम्मेलनमा सङ्गीतकर्मी संघका अध्यक्ष राजेन्द्र कुमार कार्कीले पनि काग तिहारको शुभकामना सहित दुलालको प्रशंसा गरेका थिए ।

यस्तै सामाजिक सरसफाई अभियान्ता ग्रिनसिटी हस्पिटलका निर्देशक एलबी टन्डनले पनि तिहारको शुभकामना सहित दुलालको फरक कलाको तारिफ गरे ।

यसमा तपाइको मत

अन्य समाचार