रहनुभएन पद्मरत्न तुलाधर


काठमाडौं,
कार्तिक १८ ।

पूर्वमन्त्री तथा वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको छ । काठमाडौ‌को थापाथलीस्थित नर्भिक अन्तर्राष्टिय अस्पतालमा उपचारको क्रममा नेता तुलाधरको निधन भएको हो । ७८ वर्षिय तुलाधारको थापाथलीस्थित नर्भिक अस्पतालमा आइतबार अपरान्ह निधन भएको हो । तुलाधर नेपाल भाषा तथा मानव अधिकार आन्दोलनका अगुवा हुनुहुन्थ्यो ।

मस्तिष्काघात भएर अस्पताल भर्ना भएका उनको छातीको गम्भीर सङ्क्रमणबाट मृत्यु भएको जनाइएको छ । नेपाल संवत्ई राष्ट्रिय मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेलेका पूर्व स्वास्थ्य तथा श्रममन्त्री तुलाधरले नेपालको शान्ति प्रक्रियामा पनि ठूलो योगदान गर्नुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार