सुसाइडको तयारी


‘तिमीहरु प्रायः सबै बाआमा रमाइलो गर्दागर्दै यो संसारमा जन्मिएका हौ । न कल्पना, न योजना, न भक्ति, न त भाव ….’ एक जमघटमा महाशयबाट सुनेको । पचास प्रतिशत बच्चाहरु दुर्घटनाबस जन्मन्छन् रे ! त्यसपछि झिनो सपना, कल्पना योजनाको सुरुवात हुन्छ रे ! कतै अन्तर्वार्तामा सुनेको । मलाई बनाइँदा कसैलाई असीम आनन्दको झङ्कार भयो होला । तर, म यस ब्रह्माण्डमा जन्मने क्रममा कि त यो अस्तित्वलाई कि त मेरी आमालाई, कोही न कोही एकजनालाई त अघोर पीडा पक्कै भएको हुनुपर्छ । त्यही बेला रोपिएको पीडाको बीजले पटकपटक वर्षौंवर्षसम्म मलाई एकोहोरो खेदो गरिरहेकोे छ । त्यसमा पनि अज्ञानको पीडा त अति नै गहिरो र गम्भीर हँुदो रहेछ । यो मेरो अनुभव हो । अब कहँदैछु– मेरो पीडाको कारण र खोजको बारेमा । ज्ञान खोज्ने विभिन्न तरिकाहरु । पश्चिमीमा एक बिन्दुबाट ज्ञानको खोज सुरु भएर संसारको फनफनी भ्रमण गरी फेरि त्यही बिन्दुमा आएर टुङ्ग्याउने शैली अपनाउँछन् अरे ! तर, पूर्वेली ज्ञानको खोजचाहिँ अलि भिन्न छ । एक बिन्दुबाट सुरु ग¥यो अनि संसार, धर्ती, आकाश, स्वर्ग, नर्क, पाताल कता हो कता हो, कता गायब हुन्छन रे ! सुनेको है मैले पनि । म न जस्टिन गार्डरको सोफीज वल्र्डको सोफीजस्तै भाग्यमानी लड्की परेँ । सोफीलाई त ज्ञानी अल्बर्टले पत्रद्वारा सम्पूर्ण पश्चिमी जगत्को विज्ञान, धर्म, दर्शन, साहित्य, औद्योगिक र अध्यात्मका बारेमा शिक्षा दिए । खै मैले कसलाई पो पत्र लेख्ने ? कसले लेख्छ र मलाई ? मैले कतै लेखँे भने पनि कोसँग फुर्सद छ र उत्तरहरु लेख्नलाई । सबैजना सोसल मिडियामा केही खोजीका लागि अति व्यस्त हुनुहुन्छ ।

  • सबिता लिम्बु

 

खोजका लागि कहिले उत्तर दिशातिरको यात्रा जारी राखेँ । सुनेको– ६,६३८ मिटर उचाईमा हाँसिरहेको कैलाश पर्वत उफर्् कैलाश ब्रदरसँग गजबका ज्ञानहरु छन् रे ! त्यहाँ पुग्न तीन लाख रुपैयाँ लाग्ने । आफूसित ढेवा मरु । गएर पनि ज्ञान थाप्न र बोक्नलाई भाँडो चाहियो । त्यो भाँडो तयारी हुन अझै कति जुनी लाग्छ । अहिलेको मेरो भाँडोचाहिँ गुरुङसेनी दिदीको छ्याङ छान्ने छपनीको जस्तो सयौं चम्किला दुलाहरु छन् । अब कति जुनीसम्म कैलाश पर्वतको क्लासमा गयल हुुने भएँ म । शिवपुरीबाबाले गाली गरेर कसैलाई भन्नुभएको थियो रे– मुन्छेहरुसँग हजारौँ कोठाहरु हुन्छन् । हामी बस दुई कोठा, पैसा र यौनमा मात्र मोजमस्त हुन्छौं रे । यो पनि पूर्णरुपमा ममा सान्दर्भिकता छैन जस्तो लाग्छ । आफूले त रिच ड्याड धनी बाबाको होइन, बरु पुअर गरीब ड्याडकोे शिक्षा लिइयो । स्कुल, कलेज जाऊ, धन कमाउनू, ज्ञान नलिए पनि हुन्छ वा अलि पछि फुर्सदमा लिनु । पढ्दापढ्दै ढेवा पनि मरु, उमेर पनि मरु । नो ढेवा, सो क्लास, क्यान्सिल इन कैलाश । स्स्स सेक्स, यौन भनेको अलि प्राइवेट भै’गो नि होइन र ? एकपटक जुत्ता लगाएकी थिएँ । काउब्वाय जुत्ता क्या ! एक सहकर्मीले भन्नुभो, ‘यो त मेलको जुत्ता जस्तो छ नि म्याम ?’ ‘के रे ! जुत्ताको पनि सेक्स हुन्छ ? कहाँ जुण्डिएको छ, देखाउनुहोस् त सर ?’ मेरो प्रतिप्रश्न । भनेपछि यसको पनि डेन्जर जेन्डर हुन्छ । जुत्ताको से…से….सेक्स, सेक्सी मोजा ? ओ ! हाउ फन्नी ?

खोजका लागि कहिले तिब्बततिर लागियो । मिलारोपाजस्तो म आज्ञाकारी भएको भए मैले नारोपा, मार्फाजस्ता महान् गुरुहरु पाउँथेँ कि उहाँहरुलाई खोज्न म उत्तर दिशा लाग्थेँ कि उहाँहरु मलाई खोज्दै आउनुहुन्थ्यो । न मसँग त्यो ल्याकत नै थियो । सायदै उहाँहरुलाई मैले भेटेकी भए ज्ञानका लागि कयौँ झापड, लठ्ठी, गोदाइ, भोक, खुनचूर हुन्थेँ होला । म त अहिले एक्काईसौं शताब्दीमा छु । ज्ञानका लागि पसिना पीडा सहने समय र चलन छैन । केही सहनु पथ्र्यो होला । मैले केही अवश्य पाउँथेँ । दण्ड–पीडाबाट टाढा रहेँ । त्यसैले ज्ञान र अनुभवबाट पनि कयौँ कोश टाढा छु म ।

शिवपुरी डाँडाको अलि सानो डाँडाको टुप्पोमा उक्लेँ । चिच्याएँ– ‘मलाई किन यस्तो अघोर पीडा हुन्छ ? म को हुँ ?’ अहँ, उत्तर आएन । मात्र ती प्रश्नहरु–शब्दहरु दोहोरिए । तर, दोहोरिएका शब्दहरुबाट गहनज्ञान उम्रियो कि हाम्रा वरपर आवरण, चेतना र आफैभित्रको प्रतिध्वनि, प्रतिविम्बभन्दा परको विषयहरु होइन रै’छ । खोज्ने क्रममा के पो गरिएन ? किताबहरु, विज्ञानहरु, धर्म आध्यात्मिकताहरुलाई पच्छाएर हिँडेँ । कयौँ बेनाम गल्लीहरुमा, चौबाटोहरुमा रातदिन लखरलखर चाहरेर बिताएँ । अनि यीदेखि परको ज्ञान, सुड्डो साइन्सकोखोजतिर लागियो । कहिले साधुसन्त, कहिले माता, कहिले अघोरहरुसँग सुड्डो साइन्सकोे सुड्डो प्रश्नोत्तर गरेँ । गुहारेँ । कसैले अक्षेताले हानेँ । कसैले खरानी हाने, कसैले कुचोले त कसैले मानव खप्परले हाने । यी विधिहरुले केही समयसम्मलाई परमपीडाको भाव कम हुन्थ्यो । तर, फेरि ती भावहरु आउने । मेरो टाउकोमा हानिएको त्यो खप्पर आइनस्टाइन वा किरातेश्वरको सेवा साम्यो वीरबहादुर बाजेको खप्परजस्तो भएको भए केही त हुन्थ्यो होला तर परेछ कुन खडुसको खप्पर ! त्यसपछि हालत– होस गायब, दिमाग खराब, राम राम । एलन गिन्सबर्गले ‘हावल’ कृतिमा भनेका थिए रे– ‘मेरो पुस्ताको सबैभन्दा उत्तम मस्तिष्क पागलपनले नष्ट भएको मैले देखेँ ।’ मेरो हालत पनि म्याडनेस कि त पाटन अस्पताल कि त कुनै ठाउँमा लुक्नु प¥यो । त्यसैले विश्वविद्यालयका चार दिवालभित्र लुसुक्क घुसेँ । त्यो स्थान अलि सुरक्षित र रोमाञ्चित थियो । कुनामा निदाउन लागेको तिलचामले कपाल, शरीर पनि धनुष आकारको भएको एक प्रोफेसर देखेँ । केही आश जागेर आयो तर सोध्ने आँट आएन । त्यसैले चिठी लेखँे –

प्रिय प्रोफेसर,
हजुर सञ्चै हुनुहुन्छ होला । मेरा सामान्य प्रश्नहरु छन् । म सूचना, ज्ञान, विवेक र आत्महत्याको बारेमा जान्न चाहन्छु । कृपया सही उत्तर बताइदिनुहोला ।

सिनसियरली
सबिता

उहाँले मलाई केही रिप्लाई दिनुभएन, सौभाग्यबस । फेरि उहाँलाई कलेजमा कहिल्य देखिनँ । उहाँसँग कति धेरै युनिभर्सिटीका अनुभवहरु ! एक त म सामान्यमात्र विद्यार्थी, मलाई किन लेख्न प¥यो ! उहाँको पर्फेक्ट उत्तरको तयारी नभएको अवस्था वा उहाँको पनि प्रोफेसर शर्माको हराएको डायरीजस्तो अहिलेसम्म नभेट्टाइएको पनि हुन सक्छ । निम्न कारणले उत्तर नआ’को होला नि ।

नो आन्सर । त्यसपछि झन् पारो चढेर आयो । अनि खोज्दै गएँ । के गरिएन खोज्ने क्रममा ? गाडीहरुको प्यासेन्जरहरुलाई सोधँे । टेम्पो चलाउने तामाङनी दिदीलाई सोधँे । थाहा छैन भनेर सरल उत्तर पाएँ । चिन्ने–नचिन्नेहरुेलाई उत्तरका लागि के–के, कफी खुवाएँ । खाइञ्जेल केही बोले, आफैले नबुझेपछि म त के बुझनु ? म र विद्यार्थीहरुलाई मन्दिरहरु फनफनी घुमाए, पत्थरले बनेका ईश्वरहरुको मौन भाषाले मलाई केही भने होला, तर मैले बुझिनँ । आफ्ू क्षेत्रीनी हँु भनेर मैतीदेवी मन्दिरनजिक मकै बेच्ने बिक आन्टीजीलाई सोधेँ । उत्तर त पाइनँ तर चायाँले भरिएको, चाउरिएको अनुहारबाट असीम स्नेह, आनन्द सापटी लिएर फर्कें । जति खोज्दै, पढ्दै गएँ त्यति असन्तुष्ट पीडाहरु थपिँदै गए । हेर, फेरि समात्यो मलाई त्यो भयङ्कर पीडाको बीजले ।

बीसाँैै शताब्दीका अस्तित्ववादीहरु, एक्जिस्ट्न्सीयालिस्ट दार्शनिकहरु चिच्याउँछन् कि यहाँ कुनै कुराको प्रफेक्ट डिजाइन छैन, गड ड्याम गड, भगवान्कोे डिजाइन छैन । भौतिक संसारको कुनै उद्देश्य छैन । संसारको सृष्टिमा केही कारण छैन । कुनै कारणका लागि अस्तित्व रहँदैन । सात्र भन्दछन्, ‘मानिस स्वतन्त्र हुन अभिशप्त छ । फ्री फ्री फ्री । वी आर कन्डेम टु बी फ्री । स्वतन्त्रता हो भने हामीमा, आफ्ना अन्त्यबारे सोच्ने, निर्णय लिने स्वतन्त्रता त हुनुपर्छ, लु होइन त ? कि कसो ? जर्मन दार्शनिक फ्रेडरिक नित्सेको ‘निहिलिजम पूर्व अर्थविहीन जीवन’ । कुनै अर्थ छैन । के साँच्चै हो त ? भनेपछि काका अल्बर्ट कामु, प्यारो जिजुबा फ्रेडरिक नित्सेलाई पनि यो भाव त आएको रहेछ नि । आफ्नो अज्ञानताको पीडा र अस्तित्व क्राइसिस पनि डेन्जर हुन्छ ।

प्रश्नहरु कहिलेकाहीँ अति नै हेवी भएर आउँछ । कि म कतै हराऊँ बिलाऊँ वा कसैगरी यो सीमिततालाई तोडूँ जस्तो भएर आउँछ । न त म जोनार्थन सिफ्टको लिलीपुटजस्तो सानो भएर सीमित रहन सक्छु । न त आइरनम्यान वा सुपरम्यान हुन सक्छु । न म आफू सूक्ष्म हुन सक्छु न त बृहत् हुन सक्छु । म न त कश्मीरी सुन्दर, सरल, तरल सुफी सन्त लालाजस्तो निवस्त्र निस्फिक्री प्राकृतिक भएर अनन्त मदहोसमा हराउन सक्छु । प्रकृतिमा रमाइन्थ्यो होला । म म रहन्थेँ । मेरो पनि सुन्दर गीतहरु पवनसँगै बहन्थ्यो होला, मेरा कविताहरुले बयालीस डिग्रीको पोलाइमा झरनाहरुजस्तै सबैलाई शीतल सेयर गथ्र्यो होला । अझ कोलाम्बियन पपगायिका साकिरा र अमेरिकन ¥यापर पिटबुलले वल्र्डकपको टाइटलगीतमा लाला लाला ला ला ला भन्दै गाउँथे होलान् । न लिलीपुट, न आइरनम्यान, न लाला, जीवन त्यसै खेर जाला भन्ने भयङ्कर भय छ ।
अँ याद आयो, एकपटक लेक्चररले मेरो पहिचान बारेमा सोध्नु भो । मेरो सहपाठी कमलाले मलाई याद गराउँदै मेरै शब्दहरु मलाई नै हुबहु दोहोराइन् । मलाई भने याद छैन ।

‘अहँ, आमा पचास प्रतिशत र बा पचास प्रतिशत रिमिक्सबाट यो सबिता भन्ने केटीको जन्म भो । यसकोे सास हरियो रुखले फेर्दैछ । यो बृहत्तर प्रतिशत सेतो पुलमुनिको धमिलो धोबी खोलामा बग्दैछु । यसको यो यत्रो खम्बाजस्तो शरीर केरा र आलुहरुले बनेको जस्तो लाग्छ । यसका दिमागभरि समाजका वर्र्षांैवर्षको हेबी हल्लाहरु छन् । यसलाई आफ्नो कुन अरुको कुन विचार हो, छुट्याउन गाह्रो छ । केही एकादुई अप्रत्यक्षलेभने मलाई अलि लिमिट–लिमिट गर्न खोज्या जस्तो लाग्छ । हे बालक यसको पहिचान के हो नि तिमी नै भन । मैले यसरी भन्नुअघि आम्मै आँखा चिम्लेर, कपालको चुल्ठो खोलेर शीरकुम पेण्डुलम जस्तो दायाबायाँ हल्लाए रे ।

डिबेटले कक्षा तातियो रे– ठिस, खुस्केट, बुटिकोेकिक्जस्तो गालीका गुच्छाहरु ममाथि अर्पण हुन थाले रे । इमानदारी भएर भन्नुपर्दा अहिलेसम्म आफूलाई म एक स्त्री, उसको छोरी, कसैको काल्पनिक गर्लफ्रेण्ड, उसको श्रीमती, बुहारी… ऊ जातिको, यति अध्ययन गरेकोमा एक–दुई परिचय थिए, दिन्थे । तर, यस्तो युगमा पनि फेदाङमा जस्तो । हुटहुटी बोकौँला भनेर मैले कहिल्यै सोचेकी थिइनँ । के यो मैले नै भनेकी हो र ? मेरै शब्दहरु हुन् र ? कि कसैले मलाई बसीभूत ग¥यो ? कसले ट्रिक ग¥यो हँ ममाथि ? मेरो आइडेन्टीटी क्राइसिसमा ।

अर्को विषय आयो । एकचोटी आंैशीको घोररातको सपनीमा आएर डा. फसटस ले सान्त्वना दिँदै भने, ‘कति चिन्ता गरेकी सबिता ? हाम्रा सबै कुरा जम्माजम्मी सेलमा राखिएका सामानहरु हुन् । सबै बिकाउ । फरक यति हो कसले केका लागि आफूलाई सेल गर्दछ । हेर न मैले ज्ञान र विवेकका लागि मेरो आत्मा बेचें । सम्झन्छु कहिलेकाहीँ मास छर्न मृत्यु भएर गइसकेका सुड्डाहरुले पनि बडा ल्याङल्याङ गर्छन् । फस्ट टस चुरोकुरोेले छातीमा भाला रोप्योे । मैले पनि आफूले आफैलाई व्यापक रुपमा बेचेकै हो । तर, नाथे दुई रुपैयाँ, दुई पिस मासुका लागि ।

तिम्रो जीवन तिम्रो सङ्गतको फल हो । भर्चुअल गुरु डेनपेना भन्दछन्– ‘जीवनमा कहिल्यै सङ्गतहरु पनि गतिलोसँग गर्न सकिनँजस्तो लाग्छ मलाई । कहिले कसैको पुच्छर समाए । कहिले कसैको छायाँलाई यथार्थ भनेर पछ्याई हिँडे । कहिले झिनोे आशमा कसैको अघि हात पसारेँ । सङ्गत गर्दा केही विचार पु¥याउनुपर्ने रहेछ । अमेरिकन मल्टाई बिलिनियर, टडेक्स स्पिकर, ताई लोपेजको ३३ प्रतिशत + ३३ प्रतिशत + ३३ प्रतिशतको फर्मुलालाई त बालै पो दिए । यसको अर्थ ३३ प्रतिशत आफूभन्दा कम उमेरकासँग सङ्गत, ३३ प्रतिशत आफ्नो लेवलकासँग सङ्गत र ३३ प्रतिशतको फर्मुला आफूभन्दा सिनियरहरुको सङ्गत गर्नुपर्छ रे नि ! मलाई मेरो अहंकार, ग्रेडकको गर्व थियो । यसले बोकाएका अभिमान, मेरोपन, मपन गुम्ने गायब हुने डर छ । ज्ञानी, महात्माहरुसँग सङ्गत गर्न अहंकारले नै दिएन । इगोे गिभ्स रिजल्टस अफ क्राइसिस ।
मलाई लागिरहेको छ कि मैले आफँैलाई डेन्जर तरिकाले धोखा दिइरहेको रहेछु । मैले ज्ञान लिने बेलामा केही आधारभूत गल्तीहरु गरेजस्तो लाग्छ । केही नयाँ अनुभव गर्ने आँट पनि गरिनँ । कहिले बिग ब्रदरसँग डर लाग्थ्यो, कहिले शताब्दीऔँ सडेगलेको मोरल कोडहरुसँग डराएँ । अरुका अथाह जीवनभोगाइहरु, अरुको लेखदर्शनहरुलाई मात्र रटेका भरमा मैले अधिकार जमाएँ । म मेरो भन्न थालेँ तर त्यो त मात्र प्रश्नको छोटो–मीठो प्रतिउत्तर, उत्तरहरु थिए । अरुको टाउकोले जिउने गज्जबको दुस्साहस गरेँ । आफ्ना लागि मैले केही बचाइनँ । केही भए पो बचाउनु । अरुको जुत्ता पनि लगाएँ, त्यही भएर हो कि कहिलेकाहीँ यो नाथे यो जुत्ता पनि मलाई पछि पार्दै मभन्दा अघिअघि हिँड्न खोज्छ । खुकुलो भएर हो कि ? नाथे जुत्तालाई पनि अहंता÷ईगो आ’को हो कि क्या हो ? मैले आफैमा रिफ्लेक्ट गर्नुपथ्र्यो । मैले आफ्नै हृदय धडकन अनुभव, संवदेनालाई सुन्नुपथ्र्यो । मैले आफूलाई गहन प्रेम गर्नुपथ्र्यो त्यो कहिल्यै गरिनँ ।

केही आफ्नै छनोट भएको भए यो उकुसमुकुसको आडम्बर हुने थिएन । बेढङ्गको पोशाक र अनसर्टेन लुक्स भएपछि मैले केही मात्रै फोटो खिचिन । तस्बिर नखिच्नुमा लाहिडी महाशयको जस्तो खासै विशेष कारणहरु छैन । अनि श्री लाहिडी महाशय जो परमहंश योगानन्दजीको गुरु श्री यूतेश्वरजीको गुरुदेव हुनुहुन्थ्योे । कसैले उहाँको तस्वीर लिन खोज्दा आज्ञा भो रे– मै ब्रह्मा हुँ । क्या तुम्हारा क्यामेरा सर्वव्यापी अगोचरका चित्र खिच सक्ता है ? कयौँपटक खिच्दा पनि प्रयास असफल भोे । अन्त्यमा प्रभुबाट कृपा भो । अनि तस्वीर लिइयो भनेर सुनेथेँ । आफ्नो अनसर्टेन अनुहारको वस्तुशास्त्र र अनियमित लुक्स । सो नो फोटो, सो नो झनझट अफ् लाइक्स र कमेन्ट अन सोसल मिडिया । तपाईंले पत्याउनु हुन्न होला, परिवारमा कमसेकम एक दुई पिस मेरो फोटो तस्वीर पाउन सक्नुहुन्छ ममतामयी माताजीको साथमा । अरुलाई त म छु कि छैन थाहा छैन, के ख्याल नि मेरो ।

केही खोज्ने क्रममा ओइलिएको मुलाको सागजस्तो सस्तो–मस्तो खोज्दै हिँडे । ज्ञान भन्ने कुरा पनि सहज, सजिलो, सस्ता, सर्टकर्ट हुन्छ र भन्या ? यस्तो सोच्नु मेरै पागलपन हो नि ! छिटो–मीठो इन्सटान्स चाउचाउ तालमा सिक्न खोजेँ र त मेरो यो हाल छ । जे भेटिन्छ त्यसैलाई हीरा भन्दै टिप्दै हिँडे । बहुमूल्य भनेर भित्री लुगाको पनि गोजीमा लुकाए । परम् उत्तर अहिलेसम्म पाएकी छैन । सानोमा ललीपपलाई सबथोक ठान्थेँ, अहिले पनि त्यो खासै परिवर्तन भएको छैन । ममा विद्रोह र परिवर्तनको चेतना पनि नभएको होइन तर मेरा दुई कौडीकोे मास्क ईमेजले छेकेर मलाई केही बोल्न दिएन । कहिले काहीँ बोलेँ, चिचाएँ पनि कसैले सुनेन । कहिलेकाहीँ धैर्यता गुम हुन्छ । धैर्यता भएको भए कोही त भटिन्थ्यो, केही त पाउँथे लाग्छ । यी सबैले मलाई गायब बनाउँदैछन्, बिलाउन बल दिँदैछन् । बिस्तारै म एक्जाइल हुँदैछु ।

प्रश्नले अझै घेरिरहन्छ, पछ्याइरहन्छ । पीडा र प्रश्नहरुले लखेट्न अझै छोडेका छैनन् । अनगिन्ती जिज्ञासाका बीचमा कागको कुहिरो हालत भा’को छ मेरो । म जति प्राप्तीहरु नजिक हुन प्रयास गर्छु, त्यति उपलब्धिहरु मबाट टाढा–टाढा भाग्छ । हातमा लाग्यो शून्य ।

अज्ञानताको पीडाले अनियन्त्रित आकारको क्राइसिस, ईगो क्राइसिस, अस्तित्वको क्राइसिस । महासङ्कट एक्जाइल । यिनीहरुलाई जति ढाक छोप ग¥यो, दबायोे त्यति गहन अन्तहीन, अघोर पीडा झनझन गहन हुँदैछ । दिनप्रतिदिन गाढा हुँदै गइरहेको छ । आजकल यो झिनो त्यान्द्रो सास फेर्न पनि अल्छी लाग्छ । साँच्चै नैै मैले आफ्नै शरीर, तनमन, चेतनामा नियन्त्रण गुमाइसकेँजस्तो लाग्छ । म अब कसरी सम्हालिनु ? फ्रेन्च काफ्काको ‘मेटामोर्फाेसिस’ कीरोे पो बनूँ कि म ? कि सद ाका लागि यो सासलाई पनि मुक्त गरिदिऊँ । यो तिम्रो सहर होइन, तिम्रो संसार नै छाडिदिऊँ । सुसाइड ।
म के गरुँ  ?

नोटः

डा. फस्टस – अङ्ग्रेजी नाटककार क्रिस्टोफर मार्लाेको कृतिका मुख्य पात्र, छपनी – छयाङ छान्ने भाँडो, सेवासाम्यो – किराँत मन्दिरमा सेवा गर्ने, सोफी – सोफिज वल्र्डको मुख्य पात्र, फेदाक्षमा – लिम्बू जातिको पुरोहित  ।

यसमा तपाइको मत

अन्य समाचार