सिनेमाघरमा चंगा चेट र मालिका


काठमाडौं,
कार्तिक १६ ।

आजदेखि सिनेमाघर दुई चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबार प्रदर्शन अन्तर्गत दुई नयाँ चलचित्र चंगा चेट र मालिका प्रदर्शनमा आएका हुन् । चंगा चेट दीपेन्द्र के खनालको निर्देशनमा बनेको हो भने मालिकालाई रेखा थापाले निर्देशन गरेकी छन् ।

माधव वाग्लेले निर्माण गरेको चंगा चेट कमेडी चलचित्र हो । चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, रवीन्द्र झा, सुरक्षा पन्त, परमिता राणालगायत कलाकारले अभिनय गरेका छन् । चलचित्रमा समावेश गोजीमा दाम छैन बोलको गीत अहिले चर्चित छ ।

नारीप्रधान कथामा निर्माण गरिएको मालिकामा रेखा थापा स्वयम् शीर्ष भूमिकामा छिन् । उनको साथमा जाजरकोटकी नवयुवती कमला वलीलाई पर्दामा उतारिएको छ । नारी सशक्तीकरणको आवाजका रूपमा व्याख्या गरिएको चलचित्रको कार्यकारी निर्माता नरबहादुर कार्की रहेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार