प्रधानमन्त्रीको स्वास्थ्य बारे यसो भन्छन् उनका निजी चिकित्सक


काठमाडौं,
कार्तिक १२ ।

रुघा खोकीसँगै ज्वरो बढेपछि गए राति प्रधानमन्त्री ओलीलाई शिक्षण अस्पताल पुर्‍याइएको थियो। उनका निजी चिकित्सक दिव्या सिंहका अनुसार उनको छातिमा संक्रमण देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिन अस्पतालमा राखिने भएको छ ।

प्रधानमन्त्री ओलीलाई बिहान साढे ४ बजे अस्पतालमा भर्ना गरिएको हो । विज्ञप्ति अनुसार उनको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ । प्रधानमन्त्री ओलीलाई नेकपाका बरिष्ठ नेता र मन्त्रीहरुले अस्पताल पुगेर भेट गरेका छन् । प्रधानमन्त्री ओलीलाई भेट्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल पुगेका थिए । अस्पताल अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे जानकारी लिएका छन् । त्यस्तै, माधव नेपाल, भीम रावल, लालबाबु पण्डित, निरु पालले अस्पताल पुगेर प्रधानमन्त्रीको स्वास्थ्य अबस्थाबारे बुझेका छन् । सबैले प्रधानमन्त्रीको अवस्था सामान्य रहेको प्रतिक्रिया दिएका छन् ।

अस्वस्थ भएपछि प्रधानमन्त्री ओली गत शनिबार पार्टीको चियापानमा सहभागि भएका थिएनन् । आइतबार वीर अस्पतालका डाक्टर दीलिप सिंहको टोलीले प्रधानमन्त्रीको स्वास्थ्य जाँच गरेको थियो । उनलाई चिकित्सकहरुले तीन दिन आराम गर्न सल्लाह दिएका थिए । तर, ओलीले बालुवाटारमा आइतबार मन्त्रिपरिषद् बैठक गरेका थिए । यद्यपी उनी दश मिनेट मात्र बैठकमा सहभागि भएका थिए ।

यसमा तपाइको मत

अन्य समाचार