पूर्व जनमुक्ति सेनाले आन्दोलन गर्ने


काठमाडौं,
कार्तिक १२ ।

माओवादी पार्टी निकट पूर्व जनमुक्ति सेनाका सदस्यहरु सङ्गठित भई साझा सङ्गठनका रुपमा गठन गरिएको पूर्व जनमुक्ति सेना, नेपालले १२ बुँदे मागसहित आन्दोलन गर्ने भएको छ । एकदुई दिनभित्रै सचिवालयको बैठक बसी आन्दोलनका कार्यक्रम तय गरिने केन्द्रीय संयोजक प्रविण तामाङले बताए । हालै काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारसँग १२ बुँदे माग राखेको र पुरा नगरे आन्दोलनमा जाने चेतावनी दिएको छ ।

सो पत्रकार सम्मेलनमा बारम्बार गरिने पूर्व पिएलएको आन्दोलन सफल नहुनुको कारण बारे पत्रकारहरुको जिज्ञासामा संयोजक तामाङले माथिल्लो तहका कमाण्डरले नेतृत्व नगर्नु, सबै एकजुट नहुनु तथा कतिपयले आन्दोलन प्रति घात गर्नु जस्ता कारण दोषि भएको बताए ।

त्यस्तै उनले अब सबै पार्टी तथा सबै किसिमका पूर्व जनमुक्ति सेना एकजुट भएकोले अब आन्दोलन सफल हुने धारणा व्यक्त गरेका छन् । पत्रकार सम्मेलनमा जनयुद्ध र जन आन्दोलनका सहिद परिवार, पूर्व पिएलए घाइते अपाङ्ग अयोग्य भनिएका योद्धाहरुलाई राष्ट्रिय सम्मान सहितको परिचय पत्रको व्यवस्था, उनिहरुका परिवार मध्ये कम्तिमा १ जनालाई रोजगारी, सहिद तथा वेपत्ता परिवारका छोराछोरीलाई निशुल्क शिक्षा, सम्पूर्ण पीएलएलाई स्वरोजगार बनाउनु पर्ने तथा जीवन विमा हुनु पर्ने, अशक्त घाइते अपाङ्गहरुलाई आजिवन निशुल्क उपचार गरिनु पर्ने तथा उनिहरु सबैलाई जीवन निर्वाह भत्ता राज्यले व्यवस्था गर्नु पर्ने लगायतको १२ बुँदे माग पत्र सार्वजनिक गरेका छ ।

यसमा तपाइको मत

अन्य समाचार