बडादशैँ अन्तर्गत आज एघारौं दिन


काठमाडौं,
कार्तिक ३ ।

नेपाली हिन्दु धर्मालम्बीहरुको महान् चाड बडादशैँ अन्तर्गत आज एघारौं दिन अर्थात् एकादशी । आज पनि बिहानैदेखि मान्यजन तथा ठूलाबडाबाट टीका तथा जमरा लगाई दशैँ धुमधामका साथ मनाइँदैछ ।

हिजो विजयादशमीका दिन टीकाको शुभसाइतमा तथा त्यस दिन टीका लगाउन छुटेका वा टाढाटाढा भएकाहरुले आज टीका लगाउँदैछन् ।

विजयादशमीका दिनदेखि सुरु भएको टीका तथा जमरा ग्रहण गर्ने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ । देशका केही भागमा भने टीकाको दिनमात्र टीका लगाउने चलन पनि छ ।

असत्यमाथि सत्य र आसुरी शाक्तिमाथि दैवीशक्तिको विजयका रुपमा दशैँ मनाइँदै आएको छ । घटस्थापनादेखि नौ दिनसम्म घरमा दुर्गाभवानीको पुजाआराधाना गरी राखिएको जमरा सहितको टीका वियजादशमीदेखि लगाउने परम्परागत चलन हो ।

यसमा तपाइको मत

अन्य समाचार