अध्ययन र अनुसन्धान गर्ने कार्यमा मानिसको रूचि कम छ-प्रमोद प्रधान


मोरङको विराटनगरमा वि.सं. २०१५ असोजमा जन्मनुभएका प्रमोद प्रधानले त्रिभूवन विश्वविद्यालयबाट नेपाली साहित्य र वाणिज्य शास्त्रमा स्नातकसम्मको अध्ययन गर्नुभएको छ । कविता लेखनबाट साहित्यिक यात्राको दैलो उघार्नुभएका प्रमोदका हालसम्म २५ भन्दा बढी साहित्यिक कृतिहरु प्रकाशित छन् । कविता, बालसाहित्य, अनुसन्धान र समालोचनाका क्षेत्रमा प्रधानले कलम चलाउँदै आउनुभएको छ । २०३५ सालमा राससमा प्रवेश गर्नुभएका प्रधान रासस क्षेत्रीय कार्यालय प्रमुख हुँदै प्रधान सम्पादकबाट २०६५ सालमा स्वेच्छिक अवकाश लिनुभएको थियो । चार दशकदेखि पत्रकारिता पेसामा क्रियाशील प्रधानले नेपाली बालसाहित्यको क्षेत्रमा मौलिक सिर्जनाका साथै महत्वपूर्ण अन्वेषण–अनुसन्धान गर्दै आउनुभएको छ । वरिष्ठ सर्जक प्रमोदसँग मिलाप मासिकका लागि साहित्यकार श्रीराम राईले गर्नुभएको कुराकानीः-

बालसाहित्य र साहित्यिक इतिहास लेखनमा आउनुअघि त तपाईं कविकै रुपमा स्थापित हुनुहुन्थ्यो नि, हैन र  ?
हो, मेरो साहित्यिक यात्रा कविताबाटै सुरू भएको हो । मैले २०२५ सालमा पहिलोपटक कविता लेखेँ र निरन्तर लेखिरहेँ । २०२९ सालदेखि मञ्चमा कविता सुनाउन थालेको हुँ । पहिलो कवितासङ्ग्रह रातभरिका सुस्केराहरु २०३२ सालमा प्रकाशित भयो । त्यसपछि २०४० सालमा विभाजित मान्छे, २०५४ सालमा एकान्तगीत र २०७२ सालमा एक उदास साँझ प्रकाशित भएको छ ।
२०४० सालमा डा. तारानाथ शर्माद्वारा सम्पादित समसामयिक नेपाली कवितादेखि २०७४ सालमा डा. लक्ष्मणप्रसाद गौतम र डा. नेत्र एटमद्वारा सम्पादित प्रज्ञा नेपाली आधुनिक कविताजस्ता प्रतिनिधिमूलक कविताग्रन्थ र त्यसबीचमा प्रकाशित अन्य थुपै्र प्रतिनिधिमूलक कवितासङ्ग्रहमा मेरा कविताहरु समावेश भएका छन् । मेरा केही कविता हिन्दी, बङ्गाली र अङ्गे्रजी भाषामा पनि अनूदित भएर प्रकाशित भएका छन् । वास्तवमा मेरो पहिलो पे्रम कविता नै हो र कविता लेख्नुको आनन्द बेग्लै छ ।

कवितामा चार दशकको साधना छ तपार्इंंको । यो साधनाका आधारमा भन्नुपर्दा कविता के रहेछ त  ?
कविता विचार, चिन्तन र अनुभूतिको सौन्दर्यात्मक काव्यिक प्रस्तुति हो । समाजमा भएका र देखिएका घटनाक्रम, वैचारिकता र द्वन्द्वसँगको कवि–मनको विमर्श र अन्तरक्रियाले कविताको सिर्जना गर्छ । शब्दहरुको उचित प्रयोग, भाषिक सौन्दर्य र लय चेतनाले यसलाई स्तरीय बनाउँछ ।

पछिल्लो चरणमा तपाईं बालसाहित्य लेखन र अनुसन्धानमा सक्रिय र समर्पित हुनुहुन्छ । बालसाहित्य किन लेख्नुहुन्छ  ? बालबालिकाका लागि किन बेग्लै साहित्य आवश्यक छ  ?
तपाईंको प्रश्नका दुई पाटा छन् । अघिल्लोको सन्दर्भमा भन्ने हो भने बालसाहित्य लेख्नु भनेको बालबालिकासँग नजिक हुनु हो । बालबालिकाको आप्mनै संसार हुन्छ । त्यसैले बालसाहित्य लेख्दा म बालबालिकाको संसारसँग आपूmलाई अत्यन्त नजिक पाउँछु । बालबालिकामा पाइने निर्दोषपन, उन्मुक्तता, चञ्चलता र आत्मीयताका कारण पनि सबै मानिस बालबालिकालाई मन पराउँछन् । वास्तवमा बालबालिकाको तोतेबोली, तातेहिँडाइ, खित्का, मुस्कान सबैमा कविता पाइन्छ । त्यसैले उनीहरुका लागि साहित्य लेख्दा आप्mनै किसिमको आनन्द पाउँछु म ।
पछिल्लो प्रश्नको सन्दर्भमा भन्ने हो भने उमेर, मानसिक विकास, क्षमता आदि सबै दृष्टिले बालबालिकाका लागि बेग्लै साहित्य आवश्यक छ । उनीहरुलाई मनोरञ्जन दिनमात्र नभई जिज्ञासाको समाधान, उमेरअनुसारको ज्ञान, चेतना र सोचको विकास, भाषिक क्षमता वृद्धि, व्यावहारिक ज्ञान, लोकसंस्कृतिको बोध गराउन पनि बालसाहित्य अत्यन्त महत्वपूर्ण हुन्छ । मानवीय मूल्य र मान्यताप्रति जागरूक बनाउन र बालबालिकामा पठन संस्कारको विकास गर्न पनि बालसाहित्यको भूमिका अद्वितीय हुन्छ । वास्तवमा बालबालिकालाई सिर्जनशील बनाउन पनि बालसाहित्यको आवश्यकता पर्छ ।

नेपालमा बालसाहित्यको स्थिति कस्तो छ  ?
तपाईंको प्रश्नमा बालसाहित्यको लेखन, प्रकाशन, वितरणलगायत केबारे जान्न खोजिएको हो, स्पष्ट छैन । तथापि, लेखनका दृष्टिले भन्ने हो यस क्षेत्रमा अहिले नयाँ लेखकहरुको आउने क्रम बढ्दो छ । सङ्ख्याका दृष्टिले कृतिहरु उल्लेख्य रुपमा प्रकाशित भइरहेका छन् । विषयगत विविधता पनि पहिलेभन्दा राम्रो अवस्थामा देखिएको छ । तैपनि परम्परागत विषयको आधिक्य, औपदेशिकता, उमेरअनुसारको कृति प्रकाशनमा उदासीनता, कमजोर चित्र, सम्पादनको अभावजस्ता समस्या अभैm छन्, त्यसमा सुधारको आवश्यकता छ । शिशु र बालसाहित्यको प्रकाशन सन्तोषजनक रहे पनि किशोरसाहित्यतर्पm अभैm ध्यान जान सकेको छैन । अब बालसाहित्यमा नयाँ विचार, नयाँ शैली र भाषिक सचेततामा ध्यान दिनुपर्छ । उपन्यास र नाटक लेखनतर्फ अत्यन्त कम काम भएका छन् । यसतर्पm पनि ध्यान जानु आवश्यक छ र प्रकाशन संस्थाहरुको संख्या बढ्नु सन्तोषजनक छ । तीमध्ये धेरैको ध्यान विषय, चित्र, सम्पादन, मुद्रणको गुणस्तरमा जान सकेको छैन । वितरणको पक्ष त अभैm अत्यन्त कमजोर छ । गैरसरकारी संस्थाहरुले नकिने अझै पनि पुस्तक बिक्रीमा समस्या यथावत छ । अभिभावकहरुमा बालसाहित्य किन्ने प्रवृत्ति अत्यन्त कम छ ।

बालबालिकाका निम्ति लेख्दा ध्यान दिनुपर्ने मुख्य कुरा के हुन् ? बालसाहित्य लेखन कत्तिको सहज हुन्छ  ?
सबैभन्दा पहिलो कुरा, उमेर समूहको निर्धारण हो । कुन उमेर समूहका लागि लेख्ने हो भन्ने कुराको निर्धारणपछि विधा र विषयको चयन गर्नुपर्छ । त्यसपछि बालमनोविज्ञान र बालरूचिलाई ध्यानमा राखेर लेखनकार्य अघि बढाउनुपर्छ । विभिन्न विधाका प्राविधिक पक्षहरु अर्थात् विधागत तत्वहरु के–के हुन् भन्ने कुरामा पनि ध्यान दिनु आवश्यक छ । आपूmले लेख्न लागेको सामग्रीबाट उनीहरुले मनोरञ्जन पाउँछन् कि पाउँदैनन् भन्ने तथ्यतिर पनि दृष्टि दिनुपर्छ । यसका अतिरिक्त बालबालिकालाई आकर्षित गर्ने शैली र उमेरअनुसारको भाषा पनि हुनु जरूरी छ ।

हेर्दा सजिलोजस्तो लागे पनि बालसाहित्य लेख्न त्यत्ति सजिलो र सहज छैन । मैले माथि उल्लेख गरेकै आधारमा पनि बालसाहित्य लेख्न धेरै कुरामा ध्यान दिनुपर्छ भन्ने स्पष्ट हुन्छ नै । अहिले औपदेशिक विषय र सरल भाषा भएपछि बालसाहित्य हुन्छ भन्ने धेरैमा भ्रम छ । तर, त्यस्तो लेखन बालबालिकाले मन पराउँदैनन् । यसका लागि अध्ययन र निरन्तरको साधना आवश्यक पर्छ ।

तपाईं विभिन्न विधामा कलम चलाउनु हुन्छ, कुन विधामा बढी सन्तुष्ट हुनुहुन्छ  ?
हो, म कविता, समालोचना, बालसाहित्यमा अलि बढी कलम चलाउँछु । यसबाहेक मुक्तक, गीत, हाइकु पनि कहिलेकाहीँ लेख्छु । साहित्यिक सिर्जनयात्राको प्रारम्भ कविताबाट गरेको र कविता मेरो पहिलो पे्रम पनि भएकोले यो क्षेत्रबाट अलग हुन सक्दिन म । पहिले अलि बढी लेख्थेँ, अहिले कविता अलि कम लेख्छु । समालोचना पनि म पहिलेदेखि नै लेख्थेँ । २०४४ सालमै मेरो केही अध्ययनः केही अनुसन्धान कृति निस्केको पनि हो । त्यसपछि फुटकर रुपमा समालोचनाहरु निस्के । तर, कृतिको रुपमा भने नेपाली बालसाहित्यको इतिहास, मोरङ जिल्लाको पत्रकारिताको अर्धशताब्दी र नेपाली निबन्धको इतिहासजस्ता इतिहास–अनुसन्धानमूलक समालोचनात्मक कृति क्रमशः प्रकाशित भए ।

सिर्जनामा रमाउनु रमाइलो हुन्छ । त्यसैले कविता, गीत, मुक्तक लेख्दाको आनन्द बेग्लै हुन्छ । विधागत रुपमा यही विधाबाट सन्तुष्ट छु भनेर भन्नुभन्दा पनि म माथिका तीनै विधामा आपूmले गरेको कामबाट सन्तुष्ट छु । कविता धेरैले लेख्छन् । कविको सङ्ख्या थुपै्र छ । तर, अध्ययन र अनुसन्धान गर्ने कार्यमा भने मानिसको रूचि कम छ । त्यसमा पनि आपैmंले बाटो बनाउनुपर्ने क्षेत्रमा मानिसहरु काम गर्न गाह्रो मान्छन् । बालसाहित्य र मोरङ जिल्लाको पत्रकारिताको इतिहास लेख्ने काममा आफैले बाटो बनाएर अघि बढ्नु पर्यो मैले । रूचिले त्यो काम गरेको हुँ । अनुसन्धानात्मक काम गर्दा पनि मलाई रमाइलो लाग्छ ।

आफ्नैबारे लेख्ने चलन बढिरहेको बेला तपाईं खोज–अनुसन्धानजस्तो अरूलाई चिनाउने गहन काममा आकर्षित हुनुको कारण के हो  ?
यस प्रश्नको उत्तर अलिअलि माथिल्लो प्रश्नको जवाफमा पनि आइसकेको छ । नेपाली बालसाहित्यको इतिहास बालसाहित्यप्रति नेपाली साहित्यकार र समालोचकको उपेक्षाभाव देखेपछि लेख्न मनैदेखि उत्पे्ररित भएर लामो समय लगाई लेखेको हुँ । यो कृतिको प्रकाशनपछि बालसाहित्यलाई हेर्ने दृष्टिकोण क्रमशः फरक र विस्तार हुँदै गएको मेरो अनुभव छ । यसको प्रत्येक संस्करण अद्यावधिक गरेरमात्रै प्रकाशित गरेको छु मैले । यसले धेरै बालसाहित्यकारलाई पहिचान दिएको छ र यो नै मेरो सन्तुष्टिको कारण बनेको छ । अहिले बालसाहित्यबारे शोधपत्र लेख्ने प्रचलन बढेको छ । धेरै शोधार्थी फोनबाट बालसाहित्यबारे जानकारी माग्छन्, पुस्तकबारे सोध्छन् । यसले मलाई पनि बालसाहित्यको ज्ञाताको रुपमा चिनारी दिएको छ  ।

नेपाली निबन्धको इतिहासचाहिँ तत्कालीन नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानको प्रोजेक्टअन्तर्गत लेखेको हुँ । तत्कालीन सदस्य भाउपन्थीज्यूले मलाई बोलाएर लेख्नका लागि आग्रह गर्नुभयो । मैले सुरूमा अस्वीकार गरेँ । थुपै्र विशिष्ट समालोचक एवम् प्राध्यापक हुँदाहुँदै यस्तो गहन विषयमा लेख्नु धृष्टता हुन्छ जस्तो लाग्यो । तर, भाउपन्थीजीले नेपाली बालसाहित्यको इतिहास लेखिसकेको तपाईं सक्नुहुन्छ भनेपछि बल्ल स्वीकार गरेँ र लेखेँ । तर, राजनीतिक सङ्क्रमणका कारण नछापिएपछि मैले रत्न पुस्तक भण्डारबाट प्रकाशित गरेँ । मैले पाठ्यक्रम हेरेर इतिहास लेखिनँ । निबन्धकारका रुपमा स्थापित नयाँ पुस्ता र मोफसलबाट पनि योगदान दिइरहेका सबैलाई समेटेँ अनि पहिलो पल्ट आत्मपरक/संस्मरणात्मक, यात्रा र हास्यव्यङ्ग्य निबन्ध तीन उपविधामा छुट्याएर पुस्तक तयार पारेँ । धेरै युवालाई समेट्न सकेकोमा म खुशी छु ।

आफ्नो साहित्यिक यात्रालाई आफ्ले कसरी हेर्नुभएको छ  ?
वि.सं. २०२९ सालदेखि म निरन्तर साहित्यिक यात्रामा छु । यस हिसाबले ४५ वर्ष नाघिसकेछ । विभिन्न विधामा कलम चलाएँ । विभिन्न समूह बनाएर र सङ्घसंस्थामा संलग्न भएर पनि काम गरियो । मैले मेरो जीवनको ऊर्जा साहित्यसेवामा लगाएँ भन्दा गौरव अनुभव हुन्छ । केही पाउँछु भनेर यस क्षेत्रमा लागेको होइन म । साहित्य मेरो रूचिको क्षेत्र हो । सानैदेखि पुस्तक किनेर पढ्थें । त्यसले पनि मलाई यस क्षेत्रमा लाग्न निरन्तर पे्ररणा दिइरह्यो ।

अहिलेसम्म कविताका ४, समालोचना÷अनुसन्धानका ५, बालसाहित्यका १८ वटा कृति प्रकाशित भएका छन् । यी मेरा सिर्जनयात्राका सम्पत्ति हुन् । साहित्यकारको रुपमा मैले पाएको सम्मान पनि मेरा प्राप्ति हुन् । साहित्यमा नलागेको भए एक सामान्य व्यक्तिको रुपमा म सायद हराउँथे । त्यसैले म आप्mनो साहित्यिक यात्रालाई जीवनको सर्वाधिक महत्वपूर्ण समय ठान्छु ।

आजकल स्तरभन्दा विज्ञापनको भरमा साहित्य बिक्न थालेको छ भनिन्छ नि  ?
हो, अहिले हाम्रो समाज उपभोक्तावादी संस्कृतिबाट आक्रान्त छ । बोल्नेको पिठो बिक्ने र नबोल्नेको चामल नबिक्ने अवस्था हो यो । साहित्यमा पनि यदाकदा त्यस्तो स्थिति देखिएको छ । फेरि बिक्नुलाई नै सबै कुराको मापदण्ड बनाउन मिल्दैन । धेरै बिकेको किताब उत्कृष्ट नै हुन्छ भन्ने छ र  ? हिजो धेरै बिकेको भनी प्रचार गरिएका लेखक र कृति यति छिट्टै कता हराए ? मलाई लाग्छ, शाश्वत साहित्य जहिले पनि सम्झिइन्छ तर विज्ञापनका भरमा बिक्ने कृति केही समयपछि नै मानिसले बिर्सन्छन् ।

नेपालमा साहित्यको बजार कस्तो छ  ? पठन संस्कारको विकास गर्न के–के गर्नुपर्छ भन्ने लाग्छ  ?
जनसङ्ख्याको वृद्धिको अनुपात हेर्दा पाठक सङ्ख्या बढ्न सकेको देखिँदैन । हिजो पनि पहिलोपटक १ हजार प्रति पुस्तक छापिन्थ्यो अहिले पनि त्यत्ति नै छापिन्छन् । त्यसैले बजार बढेको भन्न सकिने अवस्था मचाहिँ देख्दिनँ । यसका कारण हामीले खोज्न जरूरी छ ।

हामीकहाँ पठनसंस्कृतिको विकास भएको छैन । सबैभन्दा ठूलो समस्या यहीँ नै हो । पाठ्यपुस्तकबाहेकका किताब किन्नुलाई फाल्तु खर्च मान्ने हाम्रो बानी छ । अभिभावकहरु चिया चुरोटमा हजारौँ रुपैयाँ खर्च गर्छन् तर केटाकेटी र आप्mना लागि किताब किन्न चाहँदैनन् । सबै किताब किन्न सकिँदैन तर केही त किन्न सकिन्छ नि । यो चेतनाको अभाव नै हो । पाठ्यपुस्तकभन्दा बाहिरका राम्रा पुस्तक पढ्ने व्यक्ति ज्ञान, जानकारी, भाषा, सिर्जनशीलता र क्षमता सबै किसिमले अग्रणी हुन्छन् भन्ने कुरा बुभ्mन जरूरी छ । पठनसंस्कृतिको विकासमा विद्यालय र शिक्षकको भूमिका पनि महत्वपूर्ण हुन्छ तर हामीकहाँ केहीबाहेक अधिकांश शिक्षक आफै पढ्दैनन् अनि अरूलाई कसरी भन्न सक्छन् ?

विद्यालयमा पुस्तकालय र कक्षाकोठामा किताबकुना (बुककर्नर) अनिवार्य गरिनुपर्छ र त्यसको अनुगमन निरन्तर गरिनुपर्छ । पाठ्यक्रमबाहिरका पुस्तक महिनामा एउटा पढ्न अनिवार्य गरिनुपर्छ । यसले विद्यार्थीहरुलाई पढ्न अभिपे्ररित गर्छ  ।

विश्वविद्यालयको पाठ्यक्रममा समावेश भएको तपाईंको नेपाली बालसाहित्यको इतिहास नामक कृतिबारे केही बताइदिनु हुन्छ कि  ?
नेपाली बालसाहित्यको इतिहास पहिलोपटक २०५७ सालमा बगर पत्रिकामा प्रकाशित भएको हो । तर, कृतिको रुपमा आउनुअघि नै यसभित्रका कतिपय रचना पत्रपत्रिकामा प्रकाशित भइसकेका हुन् । पछि बगर फाउण्डेशनले नै पुस्तकका रुपमा पनि प्रकाशित ग¥यो । यसको दोस्रो संस्करण २०६१ र तेस्रो संस्करण २०६५ सालमा प्रकाशित भयो । यी दुवै संस्करण विवेक सिर्जनशील प्रकाशनले प्रकाशित गरेको हो ।

बालसाहित्यबारे अत्यन्त कम लेखिने र नेपाली साहित्यका कुनै पनि इतिहासमा बालसाहित्यबारे नलेखिएका कारण मैले यस क्षेत्रमा कलम चलाएको हुँ । बालसाहित्यको अत्यन्त महत्व हुँदाहुँदै पनि हामीकहाँ यसप्रतिको उपेक्षाभाव र उदासीनता देखिएकाले पनि मैले यस क्षेत्रमा काम गरेका हुँ । यो काम गर्दा पाएको आत्मसन्तुष्टि मेरो लागि अर्को महत्वपूर्ण पक्ष हो । अहिले यो कृति नेपालका त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालय तथा भारतका सिक्किम विश्वविद्यालय र उत्तर बंगाल विश्वविद्यालयले विभिन्न तहका पाठ्यक्रममा समावेश गरेको छ । यसले पनि यस क्षेत्रमा मैले काम गरेर ठीकै गरेको रहेछु भनेर सन्तुष्टि दिएको छ ।

तर, यसबाहेक मेरो नेपाली निबन्धको इतिहास पनि सिक्किम विश्वविद्यालय र उत्तर बङ्गाल विश्वविद्यालयले सन्दर्भ पाठ्यसामग्रीको रुपमा राखेको छ ।

मिलाप राष्ट्रिय मासिकको भाद्र अङ्कबाट ।

यसमा तपाइको मत

अन्य समाचार