राष्ट्रसेवासँगै कला क्षेत्रमा झोटन


काठमाडौं,
श्रावण २९ ।

झोटन मेहता (कसुहवा) नेपाली गीत, सङ्गीतको क्षेत्रमा योगदान दिनुका साथै आफ्नो साङ्गीतिक पहिचानलाई पनि स्रोता, दर्शक माझ नजिकबाट चिनाउने कार्यमा जुटेका छन् । पछिल्लो समय आफ्नो जागीरे जीवनबाट बचेको समयलाई सदुपयोग गर्दै रचना, सङ्गीत र अभियनको क्षेत्रमा आफुलाई क्रियाशील तुलाई रहेका छन् उनले ।

प्रहरी जवानबाट राष्ट्रसेवाको काम शुभारम्भ गरेका मेहता हाल प्रहरी सहायक निरीक्षकका रुपमा कार्यरत छन् । आफू सामान्य किसान परिवारमा जन्मे, हुर्केकोे बताउने झोटन खेलकुदका माध्यमबाट नेपाल प्रहरी सेवामा कार्यरत रहने अवसर जुरेको खुशी व्यक्त गर्दछन् । झोटन मेहताको पारिवारकि वातावरण नै सङ्गीतम थियो । बुबा गाउँघरकै चर्चित सङ्गीतकार ।

विगत सम्झदै भने ‘बुवाले गाउँमा भजनकीर्तन गर्दै हिँड्दा म पनि सँगै जाने गर्दथेँ । कहिले काहीँ तबला बोक्ने गर्थे, कहिले हार्मोनियम बोक्थेँ । सङ्गीतिक घरायसी वातावरणकै कारण सानैदेखि सङ्गीतमा रुचि थियो तर अवसर मिलेको थिएन ।’

यतिबेला उनि फौजी जीवनमा आधारित म्युजिक भिडियो निर्माण गर्ने तयारीमा जुटेकाछन् । ‘जिम्मेवारी निभाउँदैछु नेपाल आमाको, झल्झल याद आउँछ बाबा आमाका….’ बोलको गीतको भिडियो निर्माण गर्न लागेका हुन् ।

टंक बूढाथोकीको स्वर रहनेछ भने शव्द, सङ्गीत झोटनको रहने छ । केही भिडियोमा आफैँले अभिनय गरेका प्रतिभावान कलाकार झोटनले क्षितिज पारी, असल श्रीमती, अब भेट हुन्न हाम्रो आदि टेलिसिरियलमा काम गरिसकेका छन् ।

त्यसैगरी नेपाल प्रहरीद्वारा प्रस्तुत कार्यक्रम ‘प्रहरी अनुरोध’बाट प्रसारण हुने सिरियलमा पनि उनले अभिनय गरिसकेका छन् । उनि जागिरे जीवनसँगै आफ्नो सृर्जनात्मक अभिरुचिलाई पनि साथै अघि बढाउने बताउछन् ।

यसमा तपाइको मत

अन्य समाचार