मोडलिङ, कोरियोग्राफ र सौन्दर्य प्रतियोगितामा अब्बल रहेका आश्विनी


काठमाडौं,
आषाढ २२ ।

सर्लाही स्थायी घर भई काठमाडौँलाइ कर्मथलो बनाएर मोडलिङ र कोरियोग्राफरमा आफ्नो छुट्टै पहिचान बनाउन सफल छन् आश्विनी कान्त झा ।

उनी बिगत डेढ दशक देखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता, विभिन्न फेशन सो, कार्यक्रम सञ्चालन, मोडलिङ तथा ईभेन्ट म्यानेजमेन्टमा निरन्तर सक्रिय छन् ।

लामो समयदेखि निरन्तर आफूलाई परिष्कृत, परिमार्जन तथा परिपक्क बनाउदै उनी नेपाली फेसन मोडलिङ र सौन्दर्य प्रतियोगिताहरुलाई कसरी राम्रो भन्दा राम्रो बनाउँने भनेर लागिपरिरहेका छन् ।

आश्विनीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितमा सहभागी भएका नेपाली फेशन संसारका प्रतिनिधि पात्रहरुलाई कोरियोग्राफी तथा ग्रुमीङ मार्फत र्याम्पमा उतारिसकेका छन् ।

सन् २००३ बाट मोडलिङ क्षेत्रमा प्रवेश गरेका झाले सुरुवाती दिनमा विभिन्न फेशन सो तथा फेशन वर्कसपहरुको आयोजना तथा सहभागी हुँदै आएर अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त चर्चित कोरियोग्राफर कौषिक घोष मार्फत ट्रेनीङ लिएर घोषको सहायक कोरियोग्राफर भई विभिन्न अन्तर्राष्ट्रिय स्तरको फेशन सो तथा सौन्दर्य प्रतियोगिताहरुमा ट्रेनरको भुमिकामा समेत निर्बाह गरेको अनुभब छ उनीसँग ।

सन् २००५ मा सुर्यकला सुपर मोडल कन्टेष्टमा सहभागी भएर मिस्टर ट्यालेन्टको उपाधि जित्न सफल आश्विनी त्यस पछि सुर्यकला ग्रुपको अफिसियल मोडल तथा ट्रेनर भई भारत तथा नेपालको विभिन्न शहरमा आफ्नो गुरुसँग मुख्य सहायक कोरियोग्राफर भएर फेशन सो तथा सौन्दर्य प्रतियोगिताहरुमा कोरियोग्राफी गरिसकेका छन् । त्यसैगरि अन्तर्राष्ट्रिय जगतमा मिष्टर एण्ड मिस इण्डिया एटिट्युड, जेडि ईन्स्च्य़ुट ग्वालियरको मोडलिङ वर्कशप, मिस इन्डिया तथा इण्डियन सुपर मोडलको फेशन सो को आयोजना तथा कोरियोग्राफी समेत गरिसकेका छन् । तीन सय भन्दा धेरै सौन्दर्य प्रतियोगिता तथा दर्जनौ फेशन सो तथा डिजाइनर कन्टेष्टहरुमा आफ्नो कुशल कोरियोग्राफी दक्षता प्रदर्शन गरिसकेका छन् उनले ।

नेपालका ब्यस्त तथा सर्बाधिक महङ्गा कोरियोग्राफरको रुपमा परिचित आश्विनी कान्त झाले राष्ट्रिय स्तरका दर्जनौ सौन्दर्य प्रतियोगिताहरुमा निर्णायकको भुमिका समेत निर्बाह गरि सकेका छन् ।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको सम्मान तथा अवार्ड समेत जित्न सफल आश्विनी झाले भर्खरै मात्र र्याम्पजोन एक्सिलेन्सि अवार्ड बेष्ट कोरियोग्राफरको सम्मान समेत हात पार्न सफल भएका थिए ।

इन्फिनिटि इन्टरटेनमेन्ट प्रा.लि. सीइओ समेत रहेका आस्विनिले आफ्नै कम्पनी बाट मिस तरार्इ, परम्परा फेशन सो, संस्कृति सुपरमोडल सो, सुपर मोडल अफ द ईयर २०११ जस्ता सफल इभेन्टहरु समेत सञ्चालन गरिसकेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार