रकम अभावमा काम ठप्प


काठमाडौं,
ज्येष्ठ २२ ।

निर्माणधिन योजनाहरु ठेकेदारको लापर्बाहीका कारण अलपत्र परिरहेको अवस्थामा छ भने केही योजनाहरु आर्थिक अभावका कारण काम रोकीएको छ । अर्थ मन्त्रालयले अहिले कुनै पनि ठाउँको अधुरो रहेको योजनाहरुलाई थप रकम नदिए पछि निर्माधिन संरचनाहरुको काम रोकिन पुगेको छ ।

आर्थिक वर्ष २०७४, ०७५को थप बजेट सम्बन्धित निर्माणधिन क्षेत्रमा पठार्ईसक्नु पर्ने भएपनि अर्थ मन्त्रालयले रकम अभाव रहेको भन्दै थप रकम अपलव्ध गराउन आनाकानी गरिरहेको छ ।

काठमाडौं जिल्लाको बुढानीलकण्ठमा राष्ट्रिय विकास पार्क, टोखाको नमुना पार्क लगायतका कामहरु पनि अधुरो अवस्थामा रहेको छ । गत वर्ष थप रकमको लागि अर्थमन्त्रालयले रोक लगायको थिएन भने यो वर्ष रकम अभावको कारण देखाउदै रकम निकासा नगर्दा निर्माणधिन संरचनाहरु अलपत्र पर्ने सम्भावना बढेको छ ।

यसमा तपाइको मत

अन्य समाचार