मोडलिङ हुँदै चलचित्रमा दृश्य


काठमाडौं,
ज्येष्ठ १४ ।

पछिल्लो समय नेपाली मोडलिङ र कलाकारिता क्षेत्रमा लोकप्रियता हासिल गरेको नाम हो– दृश्य सुवेदी । सन् २००२ मा आयोजित मिस्टर नेपाल र र म्यान हन्टमा सहभागी भई मिस्टर फिजिक्स र सन् २००२ कै सुपर मोडल कन्टेन्सबाट सुपर डिसिप्लेनको उपाधि जितेपछि चर्चामा आएका दृश्य सुवेदीले त्यही समयबाट मोडलिङ सुरू गरेका भए पनि बीचमा उनी देशबाहिर रहेकाले दर्शकमाझ उति परिचय बनाउन सकेनन् ।

केही वर्षअघिदेखि निरन्तर दर्शकको रोजाइमा परेको गीत ‘पानीको फोका जस्तै फुट्यो हाम्रो माया’मा अभिनय गरेसँगै दर्शक र कलाकर्मीबाट पाएको तारिफले पुनःकलाकारिता क्षेत्रमा फर्किएका उनलाई गायक प्रमोद खरेलको चर्चित गीत ‘डुबायो पापी मायाले’मा गरेको अभिनयबाट पाएको प्रशंसाले आजको समय स्थापित कलाकारको रुपमा चिनाउन सफल भयो ।

दृश्यले तीन दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेका छन् । निर्देशक वसन्त पौडेलको चलचित्र मेरो वेस्ट फ्रेण्डबाट चलचित्रमा डेब्यु गरेका उनले पछिल्लो समय दर्शकका रोजाइमा परेका चलचित्र नेपथ्य, जंगे प्रियसीलगायतमा अभिनय गरेका छन् । पूर्वी नेपालको ताप्लेजुङमा जन्मिएका दृश्य सुवेदी निरन्तर कला क्षेत्रमै रहने बताउँदै भविष्यमा नेपाली चलचित्र निर्माण गर्ने योजनामा पनि छन् ।

यसमा तपाइको मत

अन्य समाचार