आफ्नो छुट्टै पहिचानमा रंजनचन्द्र


सूर्य चन्द
काठमाडौं,
ज्येष्ठ १४ ।

दुइ दशक भन्दा लामो समयदेखि इमेज ग्रुप अफ कम्पनीमा मिडिया मार्केटिङमा कार्यरत रहदै आएका सेल्स एण्ड मार्केटिङ डाइरेक्टर रंजनचन्द्र अधिकारि सञ्चारमाध्यमको लागि नौलो नाम होइन । नेपाली मिडिया मार्केटिङमा उनि एक हस्तीको रुपमा स्थापित भएर आफ्नो पेशमा मार्गदर्शनको रुपमा परिचित छन् ।

वि.सं. २०५३ साल देखि लगातार रुपमा आफ्नो पेशामा सफल हुँदै आएका इमेज ग्रुप अफ कम्पनीका सेल्स एण्ड मार्केटिङ डाइरेक्टर रंजनचन्द्र अधिकारि मिडिया मार्केटिङमा स्थापित व्यक्तित्वको रुपमा चिनिन्छन ।

उनले २०५३ सालमा मिडिया मार्केटिङको करियर शुरू गर्दासम्म धेरै सञ्चारमाध्यमहरू खुलिसकेका थिए । तर, त्यो बेलासम्म विज्ञापन बजार निकै साँघुरो र सिमित दायरामा थियो । सरकारी सञ्चारमाध्यमहरूले सरकारी विज्ञापन छाप्थे र बजाउँथे । निजी क्षेत्रका सञ्चारमाध्यमले विज्ञापन पाउनु, छाप्नु र बजाउन पाउनु कठिन थियो । त्यही क्रममा सरकारी सञ्चारमाध्यमहरूले पाउँदै आएका विज्ञापन निजी सञ्चारमाध्यमहरूले तान्न थाले । उनि सम्बद्ध ईमेज च्यानलले नेपाल टेलिभिजनबाट बिहानी डेढ घन्टा समय किनेर सूचना र मनोरञ्जन कार्यक्रम सञ्चालन गर्दथ्यो । नेपाल टेलिभिजनले ‘कमर्सियल्ली अनभाएवल’ भनेको समय सदुपयोग गरेर ईमेज च्यानलले मनोरञ्जनात्मक कार्यक्रमको साथमा विज्ञापन बजार विस्तारमा ध्यान दियो। तर, त्यो बेला विज्ञापनसम्बन्धी काम निकै चुनौतीपूर्ण थियो । विज्ञापन माग्न जाँदा विज्ञापनदाताबाट सित्तैमा अथवा चन्दा दिनुपरेको जस्तो व्यवहार हुन्थ्यो । व्यवसायीहरूलाई विज्ञापनले कसरी व्यवसायको विकासमा सहयोग पुग्छ भनेर बुझाउनै कठिन हुन्थ्यो ।

व्यवसाय विस्तारसँगैै विज्ञापनदाताहरूको व्यवहारमा परिवर्तन हुन थाल्यो । एकपछि अर्को गर्दै खुलेका निजी क्षेत्रका प्रतिष्ठानहरूले आफ्ना प्रतिस्पर्धीभन्दा अगाडि देखिन आफैं विज्ञापन बनाउन थाले । कम्पनी स्थापना गर्दा नै विज्ञापनका लागि बजेट छुट्याउने जस्ता सकारात्मक अभ्यासहरू हुन थाले । मिडियाहले आफ्नो स्थान जमाउन थाले । मिडिया र विज्ञापनको ठूलो क्रेज देखिन थाल्यो । रंगिन कलेवरका ठूला पत्रिकाहरूले विज्ञापनका नयाँ आयामहरू पस्कन थाले । ब्रोड सिटका दैनिकहरूले विज्ञापन बजारमा चमक ल्याउने ‘ज्याकेट एड’ छाप्ने शैली अपनाए । रेडियो, टेलिभिजनहरूमा एउटै विज्ञापनमा विभिन्न जाति–भाषीको पहिरन र भाषाहरू समेटेका विज्ञापनहरू प्रसारण हुन थाले ।

मार्केटिङ क्षेत्रको विभिन्न आरोह अबरोहहरु पार गर्दै अहिलेको स्थितिसम्म आइपुग्न कम चुनौतीपूर्ण काम थिएन उनलाई । धैर्य लगनशीलता काम प्रतिको इमान्दारिता र निष्ठाले गर्दानै उनि अहिले मिडिया मार्केटिङमा एक हस्तीको रुपमा स्थापित भएका छन् । आधुनिक युगको परिबर्तनसँगै मिडिया क्षेत्रले पनि ठुलोनै फड्को पारेको अबस्थामा आफूलाई समेत समय सापेक्ष परिबर्तन गर्दै सुरुको दिन देखि अहिलेको अबस्थामा सम्म आइपुग्न कठिनाइपूर्ण यात्रा गरेको अधिकारि बताउछन ।
विज्ञापन दाताहरुसँग सहकार्य गर्दै उनीहरुको ब्यापार व्यवसायलाई समेत थप नया उचाइमा पुर्याउन सफल व्यक्तित्व रंजनचन्द्र अधिकारि मिडिया मार्केटिङ क्षेत्रका सर्बाधिक पारिश्रमिक लिने व्यक्तिको रुपमा समेत परिचित छन् ।

अधिकारीको भनाई छ – मिडिया र बिज्ञापनलाई नयाँ सोचका साथ अगाडि बढाउनेहरु नै अब टिक्छन् । दिनदिनै आधुनिक प्रबिधिले पुरानो प्रबिधिलाई बिस्थापित गर्दैछ । मिडियाको नयाँ ब्यवस्थापन गर्न सरकारले नै अग्रसरता देखाउनुपर्छ । खासगरी टेलिभिजन, रेडियो, अनलाईन पोर्टल र सामाजिक सञ्जाललाई हेर्ने सरकारी दृष्टिकोण र सुस्पष्ट नीति नियम बनाएर मात्रै यस क्षेत्रका चुनौतिहरुको सामना गर्न सकिन्छ । त्यसमा ब्यवसायीहरु त झन् सक्रिय हुनैपर्छ ।

आफ्नो पेशासँगै विभिन्न संघ सस्थामा समेत आबद्द रहेर देशको मूल आर्थिक बिकाशमा सहयोग पुर्याउदै सामाजिक कार्यमा समेत अग्रणी भूमिका निर्बाह गर्दै आएका अधिकारीले विभिन्न संघ सस्थामा आश्रित अनाथ बालबालिका तथा बृद बृदालाइ सहयोग पुर्याउदै आएका छन् । नेपालमा हुने विभिन्न सौन्दर्य प्रतियोगिता रियालिटी सो हरुमा कुशल निर्णायकको भूमिका निर्बाह गरिसकेका रंजनचन्द्र अधिकारि बहुप्रतिभाको धनि तथा बौद्दिक क्षेत्रमा अब्बल व्यक्तित्वको रुपमा चिर परिचित छन् । उनले आफ्नो अलग्गै पहिचान बनाउन सफल भएका छन् यो क्षेत्रमा ।

यसमा तपाइको मत

अन्य समाचार