धारिलो हतियार प्रहार गरी एक जनाको हत्या


काठमाडौं,
चैत ७ ।

काठमाडौं महानगरपालिका वडानम्बर १० देवीनगरमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या भएको छ । प्रहरीका अनुुुसार दशदेवीनगरमा गएराति सर्लाही हजरीया स्थायि घर भएका २१ बर्षीय पुरुषोत्तम सेढाईंको मृत्यु भएको हो ।

अशोक लिम्बू, रोहित चौधरी र सञ्जय राईको समूहले सेढाईंको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार, मंगलबार राति ९ बजेको समयमा बानेश्वरको देवीनगरस्थित मन्दिरमा सेढाईं र उनीहरुको भेट भयो ।

उनीहरुबीच सामन्य विवाद भयो । तीन जनाको समूहमा रहेकामध्ये एक जनाले नजिकै रहेको कोठाबाट चक्कु लिएर आए ।सेढाईंको छातीमा चक्कु प्रहार भयो र उनको ज्यान गयो ।

तीन जना बानेश्वर देवीनगरमा भाडामा बस्दै आएका थिए । मृतक सेढाईंको निवा (कोठा) उनीहरुको कोठा नजिकै रहेको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाएको प्रहरीले राति ११ बजे उक्त घटनामा संलग्न ती जनालाई पक्राउ गरेको थियो । महानगरी प्रहरी वृत्त बानेश्वरका डिएसपी रबि पौडेलले घटनाबारे थप अनुसन्धान भइरहेको जनाए ।

यसमा तपाइको मत

अन्य समाचार